• Saturday 25th July 2026

सुप्रिम सहकारीमा हिनामिना प्रकरण : अध्यक्ष र व्यवस्थापक पक्राउपछि प्रहरीले माग्यो पीडित पक्षको निवेदन

सुप्रिम सहकारीमा हिनामिना प्रकरण : अध्यक्ष र व्यवस्थापक पक्राउपछि प्रहरीले माग्यो पीडित पक्षको निवेदन


  • लुम्बिनी रिभ्यू

बुटवल । सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ गरेपछि प्रहरीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका वचतकर्ता र शेयर सदस्यहरुलाई रकम जम्मा गरेको प्रमाणसहित निवेदन आग्रह गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले आइतबार सूचना जारी गर्दै सहकारीका सदस्य र वचतकर्तालाई वचत पासबुक, शेयर प्रमाणपत्र, बालबालिका भए जन्मदर्ताको प्रमाणपत्रसहित प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गरेको हो ।  प्रहरीले उजुरी दिनेबारे जानकारी लिन ९८५७०९०१२१ मा सम्पर्क गर्न भनेको छ ।

दुई दिनअघि प्रहरीले उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । उक्त सहकारीका संस्थापक अध्यक्ष गितेन्द्र बहादुर (जिबि)  राई ले बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोप छ । केन्द्रीय कार्यालय बुटवल र भैरहवा सेवा केन्द्रबाट सहकारीले राई अध्यक्ष तथा संचालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ऋण दिएको थियो ।

राई २०७८ सम्म अध्यक्ष थिए । रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै वचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । संस्थापक अध्यक्ष एवं संरक्षक जिबि राई सम्पर्क विहिन छन् । सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend