काडमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैंककमा चार वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन्। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गर्नुभएको हो।
त्यस्तै ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरण सम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्यालाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने सम्वन्धमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको सङ्गठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शङ्कर पोखरेल र जनसरोकार र जनदबाबको कार्यक्रम सम्वन्धमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले कार्ययोजना प्रस्तुत गर्नुभएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
उहाँले खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको बताउनुभयो।
पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसङ्गठन, विभाग रहेको बताउनुभयो।
उहाँले छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेर केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने र बिहीबार केन्द्रीय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्ने बताउनुभयो।

लुम्बिनी रिभ्यू