काठमाडौं, सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा चुनौती नै चुनौती औल्याएका छन् । पुँजीगत खर्च बढाउन नसकिएको, कर्जा माग नबढेको, निजी क्षेत्रको लगानी गर्ने मनोबल वृद्धि गर्न नसकिएको, बजार चलायमान बनाउन नसकिएको लगायत चुनौती कायम रहेको बताइएको छ । अर्थतन्त्रका चुनौतीहरूको समाधान गर्न सरकार क्रियाशील देखिए पनि समस्याका चाङ बाँकी नै रहेको भन्दै उनले १८ बुँदे चुनौती औंल्याएका छन् । नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका उपसभापति तथा पेस गरेको नीतिगत प्रतिबद्धतासम्बन्धी दस्ताबेजमा सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनौती औल्याएका हुन् ।
उपप्रधानमन्त्री खड्काले औल्याएका अर्थतन्त्रका १८ चुनौती
१. रोजगारीको अभावमा नेपाली श्रमशक्ति व्यापक रूपमा विदेशी श्रमबजारमा जानुपर्ने अवस्था
२. आन्तरिक बसाइासराइले पहाडी जिल्लाहरूमा निर्जनीकरण भएको, ग्रामीण पेसा महिलाले मात्रै
३. आर्थिक–सामाजिक असमानताको समस्याको सवाल पेचिलो बन्दै गएको
४. आर्थिक तथा शासकीय सुशासनको अभावले लगानी कम, आर्थिक वातावरण बिथोलिएको
५. मुलुकको समग्र गरिबी अपेक्षा गरिएअनुरूप द्रुत गतिमा घट्न नसकेको
६. प्रदेश र स्थानीय सरकारले अनुमान गरेअनुसार राजस्व उठाउन र खर्च गर्न नसकेको
७. सार्वजनिक सम्पत्तिको जगेर्ना गर्न नसक्दा राजस्वको कमी, केही व्यक्तिको हातमा पुग्ने जोखिम
८. सरकारको ऋण बढ्दै गएको र राजस्व घट्दै गएकाले वित्त क्षेत्रमा अस्थिरताको जोखिम
९.सार्वजनिक ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्न नसक्दा अनुत्पादक ऋण बढ्दै गएको
१०् जथाभावी स्रोत सुनिश्चितता दिएर सुरु गरिएका खर्बौंका आयोजना अलपत्र, लागत बढ्दो
११् आयोजनाहरू समयमा सम्पन्न नगरी प्रतिफल समयमै प्राप्त नहुादा जनतामा निराशा बढेको
१२् उत्पादनमूलक क्षेत्र कमजोर बनेको, अर्को दिगो र भरपर्दो क्षेत्र नबनेको
१३. विप्रेषण वैदेशिक मुद्रा आर्जनको प्रमुख स्तम्भ, वैदेशिक मुद्रा आर्जनमा विविधीकरण नहुादा जोखिम
१४. रेमिट्यान्सले उत्पादनशील क्षेत्रमा लगाउन नसकिएको
१५. आयात बढेर व्यापार घाटा बढ्दै गएको, आयातमा आधारित राजस्व हुादा स्रोत दरिलो नभएको
१६. नीतिगत, संरचनागत र अस्थिर राजनीतिक माहोलले स्वदेशी तथा विदेशी लगानी बढ्न नसकेको
१७. सरकारी सेवा प्रवाहमा समस्याको कारण उत्पादकत्व, रोजगारी र आर्थिक सुशासनमा असर
१८. सुशासनको कमीले देशमा अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो बन्दै गएको

लुम्बिनी रिभ्यू