• Saturday 25th July 2026

शाइन रेसुङ्गा निरन्तर उकालाेमा, ६ अर्ब पूग्यो पुँजी

शाइन रेसुङ्गा निरन्तर उकालाेमा, ६ अर्ब पूग्यो पुँजी


  • लुम्बिनी रिभ्यू

बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट १५ वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ ।  बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकले पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा वि.स. २०६५ फागुन ११ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।

सुरुवाती चरणमा ३ जिल्लाबाट सेवा सुरु गरेकाे बैंकले २०६९ चैत ४ गते स्थापना भएको गुल्मीको रेसुङ्गा विकास बैंकसँग मर्जर गरेपछि शाइन रेसुङ्गा विकास बैंकको नामबाट १० जिल्लामा आफ्नो सेवा विस्तार गरेको थियो ।

त२०७३ जेठ २९ गते प्युठानको गौमुखी विकास बैंक, २०७६ असोज २७ मा नेपालगञ्जको भार्गव विकास बैंक र मंसिर १० मा भैरहवा केन्द्रित व्यवसाय गरिरहेको पूर्णिमा विकास बैंकलाई गाभेपछि राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएको हो ।

रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको यस बैंकले शहरी र ग्रामिण दुवै क्षेत्रमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । हालसम्म ५ वटा विकास बैंकलाई मिलेर बनेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक स्थापना कालमा ६ करोड पुँजीबाट कारोबार गरेको थियो ।

बुटवल आयोजित एक कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष थानेश्वर ६ करोडबाट शुरु गरेको बैंकको पुँजी ६ अर्ब पूग्न सकेको उल्लेख गरे।

उपत्यका बाहिर पनि बैंकिङ व्यवसाय गरेर सफल हुन सकिन्छ भन्ने उदाहरणको रुपमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रमाणित गरेको नायव प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु बताउँछन् ।

‘मोफसलमा रहेर पनि राम्रो पर्फमेन्स गरेर राष्ट्रिय स्तरका बैंकलाई टक्कर दिइरहेको छ, उपत्यका बाहिर पनि यो लेभलको संस्था चलाउन सकिन्छ भन्ने उदाहरण ज्वलन्त छ, उपत्यका बाहिर पनि यो लेभलको बजार छ ? बैंक सञ्चालन गर्न सकिन्छ ? भन्ने सोच अधिकांशको छ, यसको बावजुत पनि केन्द्रिय कार्यालय मोफसल बाहिर रहेर काम गर्न सक्छ भन्ने प्रमाणित गरेका छौं,’ उनले भने ।

यो बैंकले पनि अन्य बैंक सरह आफ्नो बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend