• Saturday 25th July 2026

अब सवारी सञ्चालन गर्नुअघि अनिवार्य यान्त्रिक परीक्षण गर्नुपर्ने

अब सवारी सञ्चालन गर्नुअघि अनिवार्य यान्त्रिक परीक्षण गर्नुपर्ने

सडक दुर्घटना न्यूनीकरण गर्न लुम्बिनीका यातायात मन्त्री थापाको कसरत, व्यवसायीले सवारी सञ्चालन गर्नुअघि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने निर्णय ।


  • लुम्बिनी रिभ्यू

बुटवल, यान्त्रिक गडबडीका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारी सञ्चालन गर्नुअघि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ ।

सोमबार लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनहरूको यान्त्रिक परीक्षण गर्नुपर्ने निर्णय गरेको हो। मन्त्री राणाले सरोकारवालाहरूसँगको छलफपछि यान्त्रिक गडबडीका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारी सञ्चालन गर्नुअघि अनिर्वाय यान्त्रिक परीक्षण गर्ने व्यवस्था अनिवार्य मिलाउने र ‘सवारी दुर्घटनाका घाइतेको उपचार खर्चवापत बीमा कम्पनीबाट पाउने रकम रु ३ लाख बढाउने व्यवस्थाका लागि नेपाल बीमा प्राधिकरणसँग मन्त्रालयले समन्वय गर्ने निणर्य गरेको बताए। लुम्बिनी प्रदेशभित्र भएका सडक दुर्घटनाहरूको समीक्षा गर्दै संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, यातायात व्यवसायी, नागरिक समाज लगायतको सहकार्यमा लुम्बिनी प्रदेशभित्र यातायात प्रशासन सुधार गर्दै सडक दुर्घटना न्यूनीकरण गर्न प्रतिवद्धता जनाउने निर्णय समेत गरेको मन्त्री राणाले बताए ।
यस्तै प्रचलित कानून बमोजिम लक्षित वर्गलाई प्रदान गरिएको आरक्षण, छुट र सुविधा गर्ने सुनिश्चिता गर्न आग्रह गरिएको छ । ‘सवारी साधनमा नयाँ प्राविधिक जीपीएस सिष्टम लगायतका प्राविधि जडान गर्नेतर्फ जोडदिने, इम्बोस्ड नम्बर प्लेटको जडान कार्यलाई कार्यान्वयनमा ल्याउन शीघ्र अगाडि बढाउने प्रचलित कानूनले व्यवस्था गरेको लामो दुरीमा दुई वटा सवारी चालक अनिर्वाय रुपमा रहने व्यवस्थालाई अक्षरंश पालना गर्ने गराउन’, ‘सवारी चालक र सह(चालकहरूको स्वास्थ्य परीक्षण, न्यूनतम पारिश्रमिक तथा पोशाकको वन्दोवस्त गर्ने लगायतका निर्णय भएका छन् ।
छलफलमा लुम्बिनी प्रदेशकी प्रमुख सचिव राधिका अर्याल, लुम्बिनी प्रदेश प्रहरीका प्रहरी प्रमुख (डीआईजी) कुवेरसिंह कडायत, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी प्रमुख श्यामबहादुर खत्री, त्रिशिद्धश्वरी राप्ती सार्वजनिक यातायात प्रा।लि।का अध्यक्ष सुरेश हमाल, पश्चिमाञ्जल यातायात व्यवासयी प्रा।लि।का अध्यक्ष दधिराम खरेल लगायत सहभागी थिए । उनीहरुले यातायात प्रशासन सुधारका लागि समय समयमा यस प्रकृतिका छलफल र अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend