• Saturday 25th July 2026

सिद्धार्थ बहुउद्देश्यीय सहकारीले गर्यो गैडहवामा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता

सिद्धार्थ बहुउद्देश्यीय सहकारीले गर्यो गैडहवामा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता


  • लुम्बिनी रिभ्यू

बुटवल, सिद्धार्थ बहुउद्देश्यीय सहकारी सस्था बुटवलले आर्थिक उन्नतिमा सहकारीको भुमिका विषयक बालबालिका लक्षित वक्तृत्वकला प्रतियोगिता आयोजना गरी सम्पन्न गरेको छ ।
बालबालिकाको वाककला बढाउदै सहकारी शिक्षा दिन भन्दै शनिबार संस्थाको शान्तिबजार सेवा केन्द्रमा गैंडहवा गाउँपालिकाका विद्यालयस्तरीय वक्तृत्वकला  प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा १२ विध्यालयका छात्रछात्रा सहभागी थिए । प्रतियोगितामा दिव्यज्योति इङलिस स्कुलकी खुस्बु गुप्ता प्रथम  भइन्। हसनापुर माविकी निकिता कंडेल द्वितीय , गोल्डेन फ्यूचर इङ्लिस स्कुलका सुग्रीम मल्लाह तृतीय र जोगडा माविकी सन्ध्या कुमारी गुप्ता शान्त्वना भइन् । प्रथमले ५, द्वितीयतले ४, तृतीयले ३ र शान्त्वनाले २ हजार नगदसहित प्रमाणपत्र पाए ।

पुरस्कृत बालबालिकालाई प्रमुख अतिथि गैडहवा गाउँपालिका ७ का अध्यक्ष लालबहादुर केवट र सहकारीका अध्यक्ष तथा पदाधिकारीले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केवटले सहकारी शिक्षा र बालबालिकाको क्षमता विकासकालागि यो कार्यक्रम धेरै महत्वपूर्ण भए्को बताउनु भयो ।

सहकारीका अध्यक्ष बाबुलाल नेपालले आफ्ना सदस्यको माध्यमबाट आर्थिक  सशक्तिकरणमा काम गरेको सहकारीले शिक्षा तथा सामाजिक उत्तरदायित्वका लागि बालबालिकाका लागि समेत काम गरेको बताउनुभयो । कार्यक्रममा अक्सफोर्ड क्याम्पस बुटवलका प्राध्यापक विष्णु प्रसाद खनाल ,सीता अचार्य ज्ञवाली र अमृता अनमोलले निर्णायकको भुमिका निभाउनु भएको थियोे । सहकारीका संचालक सदस्य तथा शान्तिबजार सयोजक इश्वरी अधिकारीले स्वागत शिक्षा तथा सामाजिक उत्तरदायित्व समितिका संयोजक शिवबहादुर अधिकारीले कार्यक्रमको उद्धेश्यबारे प्रष्ट पारेको कार्यक्रम ब्यवस्थापक ओम प्रकाश भट्टराईले संचालन गर्नुभएको थियो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend