काठमाडौं । फागुन २८ र २९ गते लुम्बिनीमा आयोजना हुने तय भएको बालबालिका, विकास र शान्तिका लागि शिखर सम्मेलन स्थगित भएको छ ।
लुम्बिनी प्रदेश सरकारको आयोजना तथा अमेरिकी संस्था ‘लरिएट्स एण्ड लिडर्स’को व्यवस्थापनमा हुन लागेको शिखर सम्मेलन स्थगित भएको हो ।
लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीले सञ्चार माध्यमलाई भने, ‘विविध कारणले शिखर सम्मेलन हुन नसक्ने भयो।
सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका राष्ट्रप्रमुख, पूर्वराष्ट्रप्रमुख, नोबेल पुरस्कार विजेताहरू सहित अति विशिष्ट पाहुना लुम्बिनी आउने भनेर प्रचार गरिएको थियो । अति विशिष्ट पाहुनाको सूचीमा भारतमा निर्वासित तिब्बतका धार्मिक गुरुस् दलाई लामासमेत आउने चर्चा चलेको थियो ।

लुम्बिनी रिभ्यू