बुटवल, नेपालका शेर्पा समुदायले आज ग्याल्पो ल्होसार पर्व मनाउँदैछन्।
ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ।नयाँ वर्षका रुपमा शेर्पा समुदायले आज २१५१ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्।
मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ (सर्प), घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको विश्वास गरिन्छ। यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेका छन्।

लुम्बिनी रिभ्यू