• Saturday 25th July 2026

राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित


  • लुम्बिनी रिभ्यू

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । उहाँ ३९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

बैठकमा दाहालको पक्षमा मत विभाजन हुँदा उहाँको पक्षमा जम्मा ३९ मत र विपक्षमा १७ मत परेको थियो । दाहालको मत विभाजन प्रक्रियामा ५६ सांसद उपस्थित हुनुभएकोमा उहाँको पक्षमा ३९ र विपक्षमा १७ मत परेको हो ।

राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा प्रस्तुत गरिएका दुई उम्मेदवारको प्रस्तावलाई निर्णयार्थ पेस गरिँदा अध्यक्ष पदमा दाहाल निर्वाचित हुनुभएको हो ।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुसाल हुनुहुन्छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत प्राप्त गर्नुभयो । बैठकमा युवराज शर्माको पक्षमा मत विभाजन हुँदा उहाँको पक्षमा जम्मा १७ मत र विपक्षमा ३९ मत परेको थियो । शर्माको मत विभाजन प्रक्रियामा ५६ सांसद उपस्थित हुनुभएकोमा उहाँको पक्षमा १७ र विपक्षमा ३९ मत परेको हो । राष्ट्रिय सभामा नेपाली कांग्रेसको १६ मत रहेको छ । कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को एक मत परेको छ ।

राष्ट्रिय सभामा हाल ५८ सदस्य कायम छन् । राष्ट्रिय सभामा अध्यक्ष पक्ष पदको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका सांसद टुलप्रसाद विश्वकर्मा अनुपस्थित रहनु भयो भने राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले बैठकको अध्यक्षता गर्नुभएकाले मतदान गर्नु भएन । कुल ५९ सदस्यीय राष्ट्रिय सभामा एक सांसदको मनोनयन हुन बाँकी छ ।

यसअघि सत्तारुढ दलका शीर्ष नेताले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार दाहाललाई मतदान गर्न सांसदहरूलाई अपिल गर्नुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend