• Saturday 25th July 2026

मर्चवारमा ट्र्याक्टर पल्टिँदा २६ घाइते

मर्चवारमा ट्र्याक्टर पल्टिँदा २६ घाइते


  • लुम्बिनी रिभ्यू

रुपन्देही, रूपन्देहीको कोटहीमाई गाउँपालिका ५ मा बिहीबार अपराह्न भागवत पूजाको लागि जल भर्न गइरहेका सर्वसाधारण बोकेको ट्र्याक्टर पल्टिँदा २६ जना घाइते भएका छन् ।

इलाका प्रहरी मझगावाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेका अनुसार कोटहीमाई ७ बाट जल भर्नका लागि सर्वसाधारण बोकेर गएको लु १ त ५५४७ नम्बरको ट्र्याक्टर कोटहीमाई ५ मा पल्टिएको थियो ।

दुर्घटनाका घाइतेलाई उपचारका लागि भैरहवाको भिम र सिटी अस्पतालमा पुर्‍याइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए । घाइतेको संख्या बढ्ने सक्ने उनले बताए । घाइतेमध्ये केहीको गम्भीर अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend