• Saturday 25th July 2026

रुपन्देहीमा फरार ६ कसुरदारलाई पक्राउ

रुपन्देहीमा फरार ६ कसुरदारलाई पक्राउ


  • लुम्बिनी रिभ्यू

भैरहवा, रुपन्देहीमा विभिन्न मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तोकिएर हालसम्म फरार रहेका ६ जना कसुरदारलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल, प्रहरी चौकी मैनिहवा र प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ९डीएसपी० मनोहर प्रसाद भट्टले बताए । पक्राउ परेका व्यक्तिहरुलाई मंगलबार जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको डीएसपी भट्टले जानकारी दिए ।

रुपन्देही प्रहरीका अनुसार २०६८ चैत २५ गतेको फैसलाले सवारीज्यान मुद्दामा १० दिन कैद र २ सय रुपैया जरिवाना भएका रुपन्देहीको बुटवल उप–महानगरपालिका–४ बस्ने राम प्रसाद नेपाली पक्राउ परेका छन् ।

त्यस्तै २०७१ सालको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष ५ महिना ७ दिन कैद फैसला भएका बुटवल उप–महानगरपालिका–७ बस्ने बिष्णु गुरुङ, २०७८ असोज १८ गतेको फैसलाले अपहरण।बन्धक मुद्दामा  २ हजार रुपैया जरिवाना भएका रोहिणी गाउँपालिका–२ बस्ने अफाक खान र २०७४ पुस १९ गतेको फैसलाले सवारीज्यान मुद्दामा  २ हजार रुपैया जरिवाना भएका रोहिणी–२ बस्ने आजाद खाँलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसै गरी २०७५ असार १ को फैसलाले जबरजस्तीकरणी मुद्दामा १ वर्ष कैद १० हजार रुपैया जरिवाना भएका रुपन्देही सिद्धार्थनगर नगरपालिका–११ बस्ने राम मिलन यादव र २०७८ असार १ को फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा २५ हजार ५ सय रुपैया जरिवाना भएका जिल्ला सिद्धार्थनगर–११ बस्ने विरेन्द्र यादव रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend