• Saturday 25th July 2026

इप्रका बुटवलका तत्कालिन डिएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर

इप्रका बुटवलका तत्कालिन डिएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर

बुटवलमा कार्यरत रहँदा डीएसपी केसीको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो । अख्तियारले १८ लाख रुपैयाँ बिगो दाबी गर्दै उनीविरुद्ध गत भदौ १३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


  • लुम्बिनी रिभ्यू

बुटवल, इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । मंगलबार विशेष अदालत काठमाडौँका न्यायाधीशहरु टेक नारायण कुँवर, तेज नारायण सिंह राई रितेन्द्र थापाको इजलासले केसीलाई घुस रकम लिएकोमा दोषी ठहर गरेको हो। केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपियाँ बिगो तथा जरिवाना हुनेछ ।

डीएसपी केसीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को खण्ड ङ को कसुर गरेको भन्दै अदालतले कैद सजायँ र जरिवानाको फैसला सुनाएको हो ।बुटवलमा कार्यरत रहँदा डीएसपी केसीको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो । अख्तियारले १८ लाख रुपैयाँ बिगो दाबी गर्दै उनीविरुद्ध गत भदौ १३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
२५ मंसिर २०७९ मा बुटवल उपमहानगरपालिका– ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका केसीले यस बारेमा कार्यालयमा जानकारी नगराएको अख्तियारले जनाएको थियो । पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएको, तर सुन फिर्ता नगरी आफैसँग राखेका थिए । त्यस क्रममा उनले दुईजनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले बताएको थियो । त्यसपछि उनी पदबाट बर्खास्त भएका थिए ।
त्यस्तै केसीविरुद्ध अदालतमा बयान फेरेको आरोपमा मुद्दा दायर गरिएका बुटवलका खिलेन्द्र सिंह जिसीलाई पनि विशेष अदालतले दोषी ठहर गर्दै साढे १ वर्ष कैद र ९ लाख ५० हजार रुपियाँ बिगो तथा जरिवानाको फैसला सुनाएको छ । साक्षीका रुपमा प्रस्तुत गरिएका बुटवल उपमहानगरपालिका– ४ लक्ष्मीपुरका जिसीविरुद्ध अख्तियारले विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend