बुटवल । लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा माओवादी संसदीय दलका नेता जाेखबहादुर महरा नियुक्त भएका छन् ।
प्रदेशमा रहेका ५ दलका ४७ र १ स्वतन्त्र सांसदसहित ४८ सांसदहरूकाे हस्ताक्षरसहित महरालाई मुख्यमन्त्री बनाउन शुक्रबार दावी पेश गरिएको थियाे ।
एमालेका २९, माअाेवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसदले महरालाई समर्थन गरेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचन दलहरूकाे दावीलाई सदर गर्दै शुक्रबार नै महरालाई मुख्यमन्त्री नियुक्ति गरेका हुन् । तर शपथ भने आइतबार मात्रै गरिने भएको छ ।


लुम्बिनी रिभ्यू