बुटवल ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जाेखबहादुर महराले आइतबार शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री महरालाई पद तथा गाेपनियताकाे शपथ गराएका हुन् । आज दिउँसो प्रदेश प्रमुखकाे कार्यालय बुटवलमा मुख्यमन्त्रीकाे शपथपछि तीन जना विनाविभागीय मन्त्रीलाई शपथ गराएका छन् ।
नेकपा एमालेबाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी(जसपा) बाट एक गरी तीनजना मन्त्रीकाे शपथ हुने भएकाे छ।
एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बनेका हुन्् । मुख्यमन्त्रीले आजै देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

लुम्बिनी रिभ्यू