• Saturday 25th July 2026

के कारणले फुट्याे जनता समाजवादी पार्टी ?

के कारणले फुट्याे जनता समाजवादी पार्टी ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ-उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी  (जसपा), नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो ।

जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईसहित ७ सांसदले नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको छ।

राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निवेदन दिएका छन् । साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री हुन् ।

आइतबार उहाँले आयोग कार्यालय पुगेर निवेदन दिएको पार्टीकी सांसद सुशिला श्रेष्ठले जानकारी दिनुभयो।

राई प्रतिनिधि सभाका सांसद हुन्। उहाँका श्रीमती सुशिला श्रेष्ठ समेत सांसद हुनुहुन्छ। यदी राईले नयाँ पार्टी गठन गरे जसपा औपचारिक रुपमा विभाजन हुनेछ।

जसपामा प्रतिनिधि सभातर्फ १२ सांसद छन्। यस्तै अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्य मन्त्री हुनुहुन्छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जसपाका एक राज्यसहित तीन मन्त्री छन्।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend