काठमाडौ । नेकपा एमाले पश्चिम नवलपरासीकाे अध्यक्षमा दिपेन्द्रकुमार अधिकारी पुनः चुनिएका छन् । उनीसहित १ सय ५ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन भएको हाे ।
अधिवेशनबाट उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा बस्याल, उपसचिवमा राजनकुमार आचार्य र रिंगला यादव निर्वाचित भए ।
जिल्लाको सातवटै स्थानीय तह, महिला, युवा, अल्पसंख्यक र विधानमा व्यवस्था भएबमोजिम सबै पदमा सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित कमिटीलाई पद तथा गोपनियताको शपथग्रहण गराइएको छ ।
लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नवनिर्वाचित कमिटीलाई जुझारु भएर पार्टी संगठन र आ-आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरिन ।

लुम्बिनी रिभ्यू