• Saturday 25th July 2026

बुटवलमा प्रतिबन्धित औषधि बेच्ने फार्मेसी संचालक पक्राउ

बुटवलमा प्रतिबन्धित औषधि बेच्ने फार्मेसी संचालक पक्राउ


  • लुम्बिनी रिभ्यू

बुटवल, बुटवल प्रहरीले प्रतिबन्धित औषधि मिलाएर लागुऔषधका रूपमा बेचबिखन गरेको आरोपमा एक फार्मेसी व्यवसायीलाई पक्राउ गरेको छ । बुटवल ११ कालिका पथको बैदवार फार्मेसीका सञ्चालक कमलबहादुर बिकलाई आज पक्राउ गरेको हो । उनीमाथि फार्मेसीबाट डाक्टरको सिफारिसबिना औषधी बिक्री वितरण गर्ने गरेको र नेपालमा प्रतिबन्धित विभिन्न औषधि मिलाएर लागुऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको अभियोग छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले चिकित्सकको सिफारिस बिना बेच्न नपाइने पेट दुख्दा खाने औषधि डाईसाकोमिन र प्रिगावलेन नामका दुई औषधि मिलाएर लागुऔषध प्रयोगकर्तालाई बिक्री गरेको भन्ने उजुरीका आधारमा बिकलाई पक्राउ गरेकोे बताउनुभयो । प्रहरीले बिक सहित केही लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend