• Saturday 25th July 2026

बुटवल बजारमा मध्यरातमा बाढी पसेपछि 

बुटवल बजारमा मध्यरातमा बाढी पसेपछि 


  • लुम्बिनी रिभ्यू

बुटवल — मध्यरातमा अचानक आएको बाढीले बुटवलका विद्यालय, उद्योग र दर्जनौं निजी घर प्रभावित भएका छन् । पाल्पाको दोभान क्षेत्र र बुटवलमा शनिबार मध्यरातदेखि अबिरल वर्षा भएको थियो । लामो समयपछिको वर्षाले किसानलाई राहत दिएपनि सामान्य हेलचक्रयाँईले भने बुटवलमा समस्या पारेको छ ।

बुटवल क्षेत्रको ढल र नाली समयमै व्यवस्थित एवं सरसफाई नहुँदा मध्यरातमा आएको बाढी नाली र नहर हुँदै बस्ती, विद्यालय र उद्योगमा पसेको हो । बाढी पसेर कक्षाकोठा एवं विद्यालय कम्पाउण्ड नै डुबानमा परेपनि निजी क्षेत्रको सबैभन्दा ठूलो विद्यालय न्यू होराईजनले आइतबार विद्यार्थीलाई बिदा दिएको छ ।

बुटवल उपमहानगरपालिका(११ देवीनगरमा रहेको होराईजनको कक्षा १ देखि ७ सम्म अध्ययन हुने भवनमा देवीनगर, कालिकानगर, योगीकुटी हुँदै तिलोत्तमा क्षेत्रका विभिन्न खेतमा सिंचाईका लागि लगिएको स्रोर्‍ह छत्तिस नहरको पानी नहर सरसफाईकै अभावमा विद्यालयमा पसेको हो । विद्यालयका पहिलो तलाका अधिकांश कक्षा कोठा डुबानमा परेको र खेलमैदानमा पनि पानीको लेदो भरिएकाले विद्यालयमा पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।

त्यस्तै बाढीले बुटवलस्थित राष्ट्रिय समाचार समितिको प्रदेश कार्यालय डुबानमा परेको छ । राती २ बजेदेखि नै कार्यलय छेउको नाली भरिएर पानी कार्यालयमा प्रवेश गरेपछि कार्यालयका फर्निचरसहितका सामाग्री डुबानमा परेको राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मध्यरातमा तिनाउ खोला बढेपछि नहर हुँदै बजार प्रवेश गरेको बाढीले फुलबारी टोल, रासस कार्यालय रहेको क्षेत्र, रुपन्देही उद्योग संघ, लगायतका कार्यालय, दर्जनौं घर र विद्यालयमा पनि क्षति पुर्‍याएको बताए ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend