• Saturday 25th July 2026

सरकारका राम्रा र सुधारात्मक दुवै कामलाई संचारकर्मीले लेख्न र बोल्न पर्छ ः मन्त्री अधिकारी

सरकारका राम्रा र सुधारात्मक दुवै कामलाई संचारकर्मीले लेख्न र बोल्न पर्छ ः मन्त्री अधिकारी

रुपन्देहीमा पत्रकार महिलाका लागि क्षमता अभिवृद्धि कार्यक्रम


  • लुम्बिनी रिभ्यू

नम्रता अर्याल
बुटवल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले प्रदेश सरकारले गरेका राम्रा र सुधारात्मक दुवै कामलाई संचारकर्मीले लेख्न र बोल्न पर्ने बताउनुभएको छ ।
नागरिकका आवश्यकता सरकारसामू ल्याउने र सरकारका काम नागरिकमाझ पुर्याउने बलियो माध्ययम संचारमाध्ययम भएकाले संचारकर्मीले निरन्तर खबरदारी गर्नुपर्ने उहाले बताउनुभयो ।


महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनीले बुधबार बुटवलमा आयोजना गरेको संचारकर्मी महिलाहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
मन्त्री अधिकारीले सरकारलाई सचेत भएर काम गर्न सधै आलोचनात्मक सुझाब आवश्यक पर्ने भएकाले सरकारका कामका प्रभाव र प्रवावहीनता दुवैको खोजी गरेर अनुसन्धात्म समाचार लेख्न समेत उहाले आग्रह गर्नुभयो । उहाले संचारकर्मी महिलाले अन्यका तुलनामा धेरै सामाजिक गतिविधि र लैंगिकता सम्बन्धी समाचार लेख्ने र सरकारका अभियानमा सघाउने गरेको बताउदै अब क्षमता विकासमा पनि सघाउने बताउनुभयो । संचारकर्मी महिलाको व्यवसायिक क्षमता वृद्धि, प्रोत्साहन, पुरस्कार र सम्मानका कार्यक्रमलाई आगामी कार्यक्रमबार्फ ल्याउने मन्त्री अधिकारीको भनाइ थियो ।


कार्यक्रममा बोल्दै मन्त्रालयका निमित्त सचिव शारदा वश्यालले लैंगिकमैत्री समाचार संप्रेषणमा सघाउन संचारकर्मी महिलाको क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाले लैंगिकता र सामाजिक समावेशीकरणका समाचारलाई प्राथमिकतामा राख्ने पत्रकार निकै कम भएको बताउदै यसमा दक्षता बढाउन र करीयर बनाउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै सहजकर्ता एवं संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले खोजी समाचार लेख्न र विधागत क्षमता बढाउन पत्रकार महिलालाई सघाउन आग्रह गर्नुभयो ।
मन्त्रालयका अधिकृत प्रदीप खनालको स्वागत रहेको कार्यक्रममा कमला ज्ञवालीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा अग्रज पत्रकार दुर्गा पौडेल, माया गौतम, फोनिज केन्द्रीय उपाध्यक्ष सरु राना, इन्सेक रुपन्देहीका रीमा विसी लगायत रुपन्देहीका ३० संचारकर्मी महिलाको सहभागिता थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend