• Saturday 25th July 2026

स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल

स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल


  • लुम्बिनी रिभ्यू

बुटवल, स्थानीय तहमा भएका असल अभ्यासबारे पत्रकारलाई जानकारी दिनेगरी नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि तीन दिने तालिमको आयोजना गरिएको छ । स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल विषयक यो तालिममा पत्रकारहरुले आफ्ना अनुभवका विषयमा छलफल गर्दै अबका मुद्दा कसरी उठाउने भन्ने विषयमा छलफल गरेका छन् । तालिमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयल उद्घाटन गर्दै पत्रकारिताको विकासका लागि सहकार्य गर्न तयार रहेको र बुटवलमा छुट्टै सञ्चारग्राम स्थापना गर्ने सोँच बनाएपनि जग्गाको व्यवस्थापन गर्न नसकिएकाले ढिलाई भएको बताए । बुटवललाई हरेक क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरु अघि सारेको बताउँदै उनले जनप्रतिनिधिलाई समयमै सचेत बनाउनेगरी समाचार आउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि यस्ता तालिमहरु फलदायी हुने बताए । पछिल्लो समय पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि छुट्याइएको बजेटमा विभिन्न निकायमा उजुरी दिने प्रचलन बढेको बताउँदै त्यसले बजेट नै कटौती हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकाहरुको क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम फलदायी हुने विश्वास व्यक्त गरे । सोमबार र मंगलबार बाह«खरी अनलाइनका सम्पादक प्रतीक प्रधानले सहजीकरण गर्नेछन् ।
बुटवल उपमहानगरको आर्थिक सहयोगमा सञ्चालित तालिममा रुपन्देहीका क्रियाशील ६० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको महासंघका सचिव विनोद परियारले बताए । पहिलो दिन आइतबार बुटवल उपमहानगरका कार्यसम्पादनका बिषयमा प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले प्रस्तुती राखेका थिए । यस्तै पत्रकारिताको पछिल्लो अवस्था र स्थानीय मिडियामा स्थानीय सरकारका सवालाका विषयमा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, पूर्वअध्यक्षहरु शेरबहादुर केसी र यानेन्द्र जिसी तथा प्रदेश सदस्य सरु रानासहितको प्यानल छलफल गरिएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend