• Saturday 25th July 2026

बुटवलमा जेठ २३ र २४ गते श्रमाधान रोजगार मेला हुदै

बुटवलमा जेठ २३ र २४ गते श्रमाधान रोजगार मेला हुदै


  • लुम्बिनी रिभ्यू

बुटवल — बुटवलमा जेठ २३ र २४ गते मन्त्रालयश्रमाधान रोजगार मेला हुने भएको छ । बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय , प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेला गर्न लागेको सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

मेलामा ४० वटा स्टलमार्फत औद्योगिक प्रतिष्ठानले रोजगारीमा प्रवेश गर्ने बाटो खोलिदिने बताइएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि यो कार्यक्रम सहायक सिद्ध हुने विश्वास व्यक्त गरे । उनले प्रत्यक्ष रुपमा २ पक्षलाई भेट गराइदिन र सीप अनुसारको रोजगारमा दाता र रोजगार लिन चाहेकालाई अवसरको बाटो बनाइदिन मेला अर्थपुर्ण रहने बताए ।

श्रमाधान रोजगार मेलाले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा अघि बढ्ने प्रमुख पाण्डेयले बताए । श्रम कार्यालयका प्रमुख कृष्ण प्रसाद खनालले मेलाबाट आन्तरिक र बाहृय रोजगारीको लागि सहजीकरण गरिने बताए । उनले देशमा प्राप्त रोजगारको अवसर लिन पनि नेपाली नागरिकले मेसो नपाइरहेको र विदेश जानु परेका खण्डमा भौंतारिने, गलत मान्छेको हात परेर निराश हुनुपर्ने स्थिती पनि अन्त्य गर्ने आफुहरुको विश्वास रहेको बताए ।

मेला बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ । मेला अवधिमा सुरक्षित आप्रवासन, रोजगार तथा रोजगारीको खोजी गर्नेको आवश्यकता सम्बन्धी अन्तरक्रिया, कार्यक्रम पनि गरिने छ । नेपालको ३० वर्षभन्दा मुनीको जनसंख्याको ६३।७ प्रतिशत छ । हरेक वर्ष ४० लाख नेपाली युवा श्रम बजारमा प्रवेश गर्ने गर्छन् । आन्तरिक रोजगारीलाई प्रवर्द्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउँदै सरकारले सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना गरेको हो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend