बुटवल, गुल्मीको छत्रकोटका विद्यालयमा लागू हुनेगरी स्थानीय पाठ्यक्रम हाम्रो छत्रकोट सार्वजनिकीकरण भएको छ । नेपालको संविधानले स्थानीय तहलाई स्थानीय पाठ्यक्रम निर्माण गर्ने अधिकारको व्यवस्था गरे अनुसार पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय पाठ्यक्रम हाम्रो छत्रकोट कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि तयार भएको हो । स्थानीय पाठ्यक्रमको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले सार्वनिकीकरण गर्नुभयो ।
उक्त कार्यक्रममा विद्यार्थी सम्मान समेत गरिएको थियो । उक्त अवसरमा आधारभूत तह तथा मावि तहमा उत्कृष्ट जिपिए प्राप्त गरेका सयभन्दा बढी विद्यार्थीहरूलाई सम्मान गरियो । पाठ्यक्रम निर्माणमा सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान गरियो । जहा ३.२ जिपिएभन्दा माथि नतिजा ल्याउने विद्यार्थीलाई सम्मान, बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । पाठ्यक्रम निर्माणसँगै कार्यान्वयनमा चुनौती र जिम्मेवारी थपिएको उहाँले बताउनुभयो । गुरुहरू दक्ष, लगनशील र जिम्मेवार भएकाले हाम्रो लक्ष्य सजिलै प्राप्त हुनेछ भन्ने विश्वास उहाले व्यक्त गर्नुभयो ।
निवर्तमान अध्यक्ष मधुकृष्ण पन्तले आफूले २०७८ मा थालेको अभियानले आज पूर्णता प्राप्त गरेको विचार व्यक्त गर्नुभयो । व्यक्तित्वलाई विद्यार्थीलाई उत्कृष्ट बन्न शुभकामना व्यक्त गर्नुभयो । शिक्षकलाई पनि जिम्मेवारी र कर्तव्यबोध गर्नसमेत सुझाव दिनुभयो ।
उपाध्यक्ष सावित्रा ज्ञवालीले आजको दिन विशेष रहेको कुरा उठाई सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । पूर्व उपाध्यक्ष नर्मदा भण्डारीले हाम्रो पहिचान पाठ्यक्रममा समेटिएकोले खुसी लागेको विचार व्यक्त गर्नुभयो ।
सामाजिक विकास संयोजक गुणाकर ज्ञवालीले स्थानीय विषय र पहिचानको ज्ञान हुने कुरामा पाठ्यक्रम साधक बन्ने विश्वास व्यक्त गर्नुभयो ।
पाठ्यक्रम निर्माण समितिका तर्फबाट उत्तरकुमार पराजुली, डा. टंकप्रसाद पन्थ र डा। नारायणप्रसाद पन्थले पाठ्यक्रमका विषय क्षेत्र, सान्दर्भिकता, शिक्षण विधि मूल्याङ्कनको सन्दर्भलाई जोड दिई कार्यान्वयन पक्षमा सक्रिय सफलताको शुभकामना व्यक्त गर्नुभयो ।कार्यक्रममा उपस्थित अतिथि र सहभागीहरूलाई स्वागत गर्ने काम प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले गर्नुभएको हो । कार्यक्रमको सञ्चालन शिक्षाशाखा प्रमुख टीकाराम आचार्यले गर्नुभएको थियो ।

लुम्बिनी रिभ्यू