• Saturday 25th July 2026

प्रदेश सभा सदस्यका लागि उत्तरविधायिकी परिक्षणबारे अभिमुखीकरण

प्रदेश सभा सदस्यका लागि उत्तरविधायिकी परिक्षणबारे अभिमुखीकरण


  • लुम्बिनी रिभ्यू

भालुवाङ, विधायिकाको मुख्य काम विधान अर्थात् कानुन निर्माण हो । कानुनको प्रभावकारिता मापन गर्ने उपयुक्त विधि हो उत्तरविधायिकी परिक्षण । लुम्बिनी प्रदेश सभाले निर्माण गरेका कानुनको प्रभावकारिता मूल्यांकनका लागि प्रदेश सभाका विषयगत समितिहरुको लागि उत्तरविधायिकी परिक्षणमा समितिको प्रभावकारी भूमिका सम्बन्धी अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


अभिमुखीकरण कार्यक्रममा बोल्दै संविधानविद खीमलाल देवकोटाले उत्तरविधायिकी परिक्षण कानुनको मूल्यांकन गर्ने प्रणाली भएकाले त्यसलाई अवलम्बन गर्न आग्रह गरे । उनले यसलाई प्रदेशसभाबाट कानुन बनाउने विधिगत परिक्षाका रुपमा बुझुनुपर्ने उनले बताए । कानुन निर्माण गर्ने काम प्रदेशसभाले गर्ने भएकाले कानुन निर्माणको प्रभावकारी कार्यान्वयन भएको छ छैन भन्ने हेर्ने जिम्मेवारी पनि प्रदेशसभाकै हुने संविधानवीद देवकोटाको भनाइ थियो । त्यसका लागि कानुनी माध्ययमबाट राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका गतिलाई तीव्रता दिन राज्यसंरचनाका कार्यप्रणाली अन्तरगत अन्तरवस्तुको अध्ययन विश्लेषण गर्न उनले सिकाए ।अभिमुखीकरणमा प्रदेशसभाले गर्ने उत्तरविधायिकी परिक्षणका सिद्धान्तहरुबारे पनि छलफल गरियो । जसमा संसदले गर्ने उत्तरविधायिकी परिक्षणका सिद्धान्तहरुसंगै परिक्षणले उजागर गर्ने पक्षहरु, अध्ययनका कारण, उत्तर विधायिकी परिक्षणको अभ्यास, परिक्षण संचालन गर्न आवश्यक विधिगत कदमहरु, लुम्बिनी प्रदेश सभाले बनाएका ऐनहरुको विवरण र परिक्षण सम्बन्धी मार्गदर्शन लगायतमा छलफल भएको थियो ।
अभिमुखीकरणमा लुम्बिनी प्रदेश सभाले अपनाएको उत्तरविधायिकी परिक्षणको कार्यविधिबारे प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले कार्यपत्र प्रस्तुत गरे । उनले नागरिकको आवश्यकता, कानुनद्धारा प्राप्त गर्न खोजिएको परिणाम र गुणस्तरमा सुधार ल्याउन काम गरिरहेको बताए ।
लुम्बिनी प्रदेश सभा सचिवालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा युएनडिपीको संसद सहयोग परियोजनाले सहकार्य गरेको थियो ।
कार्यक्रममा बोल्दै सभामुख तुलाराम घर्तीमगरले नागरिकको आवश्यकताका लागि कानुन निर्माण हुने भएकाले कानुनले नागरिकका आवश्यकता पूरा गर्यो वा गरेन भन्नेबारे पनि परिक्षण गर्नुपर्ने बताए । यसकालागि प्रदेश सभासंगै विषयगत समितिहरु थप चनाखो हुनुपर्ने उनले जनाए । उपसभामुख मेनुका खाड केसीले प्रदेश सभाका सदस्यहरुको विषयगत क्षमता र नागरिकसंगको सम्बन्ध बढाउन सके उत्तरविधायिकी परिक्षण सबल हुने बताइन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend