• Saturday 25th July 2026

आँबुखैरेनीमा भारतीय बस दुर्घटना : २७ जनाको मृत्यु

आँबुखैरेनीमा भारतीय बस दुर्घटना : २७ जनाको मृत्यु


  • लुम्बिनी रिभ्यू

तनहुँ। तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ।

प्रवक्ता थापाका अनुसार बसमा ४१ यात्रु, चालक र सहचालक दुई गरेर ४३ सवार थिए। दुर्घटनाका गम्भीर घाइते १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये ११ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

सनाखत भएका शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको प्रहरीले जनाएको छ।

बस शुक्रबार बिहान ११:३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend