• Saturday 25th July 2026

एमाले पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते

एमाले पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते


  • लुम्बिनी रिभ्यू

काठमाडौँ। सत्तारुढ दल नेकपा (एमाले) को पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको हो।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले सदस्यता बिस्तार अभिलेखीकरण र नवीकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको बताउनुभयो। ११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरूलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको छ।

पार्टी प्रवेश र जिम्मेवारी विहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय भएको छ। हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्याङ्कनको व्यवस्थित ढाँचा निर्माण गर्ने कामको सुरुवात गर्ने, कमिटीहरू विधिसम्मत ढङ्गले सञ्चलन गर्ने, केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशमा सात वटा स्थायी पार्टी स्कुल सञ्चालन गरी वर्षको एक पटक हरेक पार्टी सदस्यले अनिवार्य दीक्षित हुने ढङ्गले पार्टी स्कुलको ढाँचा तय गरिएको उपमहासचिव ज्ञवालीले बताउनुभयो।

बैठकले जनप्रतिनिधिलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने निर्णय गरेको छ। त्यस्तै कम्युनिस्ट पार्टीहरूको एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेबारे पनि छलफल भएको छ।

उहाँले पार्टीले पार्टीका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष दिवङ्गत सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस भदौ २६ गते आयोजना गर्ने निर्णय गरेको पनि बताउनुभयो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend