• Saturday 25th July 2026

निर्माण व्यवसायीलाई पाँच अर्ब पाँच करोड भुक्तानी

निर्माण व्यवसायीलाई पाँच अर्ब पाँच करोड भुक्तानी


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक मन्त्रालयले पाँच अर्ब पाँच करोड रकम निर्माण व्यवसायीलाई भुक्तानी गरेको बताउनुभएको छ ।

सचिव शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको मन्त्रालयअन्तर्गत आठ अर्ब ७१ करोडमा पाँच अर्ब पाँच करोड भुक्तानी गरेको बताउनुभएको हो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्नुहुँदै उहाँले अर्थमन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिए बमोजिम ६० प्रतिशत रकम भुक्तानी गरिएको बताउनुभयो । उहाँले आठ अर्ब रकम भुक्तानी गर्नुपर्नेमा अझै तीन अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको यो मन्त्रालयअन्तर्गत आठ अर्ब ७१ करोड थियो । त्यो मध्ये अर्थ मन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिए बमोजिम पाँच अर्ब पाँच करोड भुक्तानी गरेका छौँ । ६० प्रतिशत रकम भुक्तानी गर्नसक्यौँ । त्यसपछि बाँकी रकम अपुग हुँदा तीन अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न बाँकी छ ।’’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend