• Saturday 25th July 2026

महिला अधिकार महासन्धि छाया प्रतिवेदनका लागि लुम्बिनीमा सुझाब संकलन

महिला अधिकार महासन्धि छाया प्रतिवेदनका लागि लुम्बिनीमा सुझाब संकलन


  • लुम्बिनी रिभ्यू

बुटवल, महिला अधिकार महासन्धि छाया प्रतिवेदन तयारीका लागि लुम्बिनी प्रदेश स्तरीय छलफल तथा सुझाव गरिएकोे छ ।
महिला अधिकार महासन्धिमा भएका १६ वटा धारा सम्बन्धी छलफल गर्दै शुक्रबार सुझाब संकलन गरिएको हो । लुम्बिनीमा महिला अधिकारका सवालमा भइरहेका काम र गर्नुपर्ने कामका बारेमा सुझाव संकलन गरिएको थियो ।
कार्यक्रम महिला कानुन र विकास मञ्चको आयोजना र युएन वुमनको आर्थिक सहयोगमा भएको हो । महिला कानुन र विकास मञ्च सिडो स्याडो रिपोर्ट प्रिपरेसन कमिटी एसआरपीसी संयोजनमा लुम्बिनी सहित छ वटा प्रदेशमा सुझाब संकलन गरीरहेको छ ।
कार्यक्रममा अधिवक्ता पुनदेवी महर्जनले महिलाहरूको संवैधानिक, कानुनी तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनका विभेदकारी कानुन संशोधनसम्बन्धी जानकारी दिएकी थिइन् । उनले छाया प्रतिवेदन तयारीका चरणहरू त्यसमा संकलन गर्नुपर्ने सुझाव र छलफलको प्रक्रिया र प्रतिवेदनको महत्त्वको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। प्रस्तुतिपछि समूह विभाजन गरेर १६ वटा धारामा समूहगत छलफलपछि सुझाव संकलन र प्रस्तुतीकरण गरिएको थियो। त्यसमा महिला अधिकार सुनिश्चितता, महिला समानता, प्रजनन स्वास्थ्यको अधिकार,राष्ट्रियता सम्बन्धि अधिकार,शिक्षा सम्बन्धि अधिकार, लगायतका अधिकारबारेका उपलब्धी र गर्न बाकी कामबारे प्रस्तुती भएको थियो । महिला कानुन र विकास मञ्चका कार्यक्रम संयोजक स्मृति मोक्तानले लुम्बिनी प्रदेशमा महिला अधिकारका सवालमा भइरहेका कामका बारेमा सुझाव सङ्कलन गरिएको बताए ।


सरकारले उठान नगरेका नागरिकका सवालहरूलाई नागरिक समाजका तर्फबाट उठान गरी छायाँ प्रतिवेदन बनाउने महिला,कानुन र विकास मञ्च रुपन्देही प्रतिनीधि अधिवक्ता नगेन्द्र शर्माले बताए । बिभिन्न समुहगत रुपमा गरिएको नागरिक समाजको छलफबाट आएका सुझाव संकलनगरि तयार छायाँ प्रतिवेदन सिड कमिटीलाई बुझाउने आयोजकले जनाएको छ ।
कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको स्थानीय संयोजन एकल महिला अधिकारका लागि एकल महिला समूहका लुम्बिनी अध्यक्ष जानकी अर्यालले गरेकी थिइन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend