• Saturday 25th July 2026

रुपन्देहीको सियारी र कपिलवस्तुको वाणगंगामा कपडा बैँक सञ्चालनमा

रुपन्देहीको सियारी र कपिलवस्तुको वाणगंगामा कपडा बैँक सञ्चालनमा


  • लुम्बिनी रिभ्यू

रुपन्देही,  कोही कपडा विहिन नरहुन्’ भन्ने उदेश्यले ९ महिना अघि बुटवलको बुटवल उपमहानगरपालिकाबाट सुरु ‘क्लोथ बैँक’ स्थापनाको अभियान ग्रामिण क्षेत्रसम्म पुगेको छ । क्लोथ एण्ड फुड बैँक नेपालले सियारी र वाणगंगा नगरपालिका परिसरमा ‘क्लोथ बैँक’ कपडा बैँक सञ्चालनमा ल्याएका हुन् । ‘जसअन्तरगत कपिलवस्तुको वाणगंगा नगरपालिका र रुपन्देहीको सियारी गाउँपालिकामा महानायक राजेश हमालले उद्घाटन गरे ।

आइतबार आयोजित एक कार्यक्रममा महानायक हमालले ‘क्लोथ बैँक’ अवधारणा समाज सेवासँग जोडिएको भन्दै प्रयोगमा नआएका लत्ताकपडालाई ‘क्लोथ बैँक’मा जम्मा गरिदिन आग्रह गर्दै कपड़ा बैंक को सुरुवात लुम्बिनी प्रदेश रुपन्देही जिल्ला बाट गरेको जानकारी दिदै महान कार्यमा जोडिएकोमा पालिका हरुलाई धन्यवाद दिए । नगरपालिकाका प्रमुख चक्र अर्याल सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नागरिकको हितमा हुने जुनसुकै कार्यक्रम वा अभियानमा साथ दिन तयार रहेको दाबी गर्दै ‘कपडा बैँक’ले पनि विपन्न पालिका बासिलाई सहयोग पुग्ने अपेक्षा राखे । ‘क्लोथ एण्ड फुड बैँक संग वाणगंगा नगरपालिका र सियारी गाउँपालिका ले आवश्यकता अनुसार समन्वय गरेर काम गर्ने बताए

कपडा बैंक सल्लाहकार राजिव गौतमले ‘क्लोथ बैँक’ अभियान नागरिक मैत्री रहेकाले सफलताको शुभकामना व्यक्त गरे ।सियारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रिशिराम पन्थीले ‘क्लोथ बैँक’को अवधारणा परोपकारी सँगै वातावरण मैत्री भएकाले प्रयोगमा नआएका कपडा बैँकमा जग्गा गरिदिन अपिल गरे ।

यस अभियानका अवधारणाकर्ता कपडा केन्द्रिय अध्यक्ष कमल जिसी हुन् । उनका अनुसार अघिल्लो फागुनबाट सुरु अभियान हालसम्म १६० प्लस स्थानीय तहमा विस्तार गरिसकिएको छ । प्रयोगमा नआएका लत्ताकपडा संकलन गरी प्रशोधन तथा शुद्धिकरण गरि लगाउन मिल्ने कपडालाई आवश्यकताको आधारमा विपद पीडित समुदाय, विपन्न परिवारसम्म पुग्ने माध्यम ‘क्लोथ बैँक’ बन्न पुगेको क्लोथ एण्ड फुड बैँक नेपालका अध्यक्ष जिसीले बताए अध्यक्ष जि सी ले लुम्बिनी प्रदेशमा कपडा बैंक स्थापना गर्न वडा कार्यलय स्थानीय सरकार प्रदेश सरकार संग समन्वय गरेर अगाडि बढने बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend