• Saturday 25th July 2026

तिनाउ नदी संरक्षणका तिनाउवासीको लागि साझा प्रतिवद्वता

तिनाउ नदी संरक्षणका तिनाउवासीको लागि साझा प्रतिवद्वता

तिनाउ नदीमा विष,विषादी,विद्युत धाराप्रवाह र विफोष्टक पदार्थको अवाञ्छित प्रयोग हुन नदिनका लागि उपस्थित सबैले प्रतिवद्वता जनाउँदै हस्ताक्षर गरेका छन् ।


  • लुम्बिनी रिभ्यू

पाल्पा, पछिल्लो समय पाल्पाबाट बहने तिनाउ नदी प्रदुषित हुदै गएको छ । नदीमा विषादीसहित विष्फोटक पदार्थ प्रयोग भएको देखिएको छ । यो रोक्न पाल्पा तिनाउका नदीकिनारका बासिन्दा एकजुट भएका छन् ।
यही सन्दर्भमा तिनाउ नदी संरक्षणका लागि हाम्रो प्रतिवद्वता कार्यक्रम पाल्पा,तिनाउ, दोभानको डोलमा शनिवार सम्पन्न भयो । तिनाउ नदीमा विष,विषादी,विद्युत धाराप्रवाह र विफोष्टक पदार्थको अवाञ्छित प्रयोग हुन नदिनका लागि उपस्थित सबैले प्रतिवद्वता जनाउँदै हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउ नदीमा हुने र हुन सक्ने अवाञ्छित क्रियाकलापलाई रोक्न पालिका प्रतिवद्व रहेको बताउँदै तिनाउ नदी हामी सबैको साझा प्राकृतिक सम्पदा रहेकोले सबैले जोगाउनु पर्ने बताए । गैरजिम्मेवारी काम गर्नेहरुलाई कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिए ।
उक्त कार्यक्रमका विशिष्ट अतिथि तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले तिनाउ नदीमा अवाञ्छित कामका रुपमा बम पड्काउने,विजुलीको तार प्रयोग गर्ने र विषादीको प्रयोग गरि माछा मार्ने कामलाई कुनै हालतमा वैधानिक मान्न नसकिने बताउँदै कानूनलाई हातमा लिनेहरुलाई प्रहरी प्रशासनसँग मिलेर कार्वाही गर्न पालिका पछाडि नहट्ने बताए ।


सो कार्यक्रममा दोभान प्रहरी चौकीका ईन्चार्ज जनकबहादुर बुढामगरले प्रहरीलेमात्र समुदायमा घट्ने वा घट्न सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न सम्भव नभएको बताउँदै स्थानीय सबै संस्था र व्यक्तिहरुसँग मिलेर नै तिनाउ नदीमा हुने गैरकानुनी कामलाई रोक्न दोभान प्रहरी चौकी क्रियाशील र सामर्थ्यवान रहेको बताए । उनले कानूनको नजरमा दोषीलाई प्रहरीले कुनै हालतमा नछाड्ने र कानूनको कठघरामा उभ्याउने प्रतिवद्वता जनाए । कार्यक्रममा सामुदायिक वन समन्वय समिति,तिनाउका अध्यक्ष दलबहादुर गुरुङले तिनाउ नदीलाई स्वच्छ र सुन्दर बनाउन सबै तिनाउबासी जागरुक हुनुपर्ने बताए । उनले तिनाउ नदीलाई संरक्षण र सम्बर्द्वन गर्दै पछिल्लो नयाँ पुस्तालाई उत्तम रुपमा हस्तान्तरण गर्नु आजको दायित्व रहेको ओैल्याए । त्यसैले तिनाउ नदी संरक्षणका लागि हाम्रो प्रतिवद्वता जरुरी रहेको बताउँदै तिनाउलाई दीर्घकालसम्म जीवित राख्न सक्दो पहल गर्नुपर्ने उल्लेख गरे ।
समितिका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले स्वागत तथा कार्यक्रमको ओैचित्यततामा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन महासचिव गणेश रास्कोटीले गरेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend