• Saturday 25th July 2026

सामुदायिक वनमा ऐनअनुसार महिला सहभागिता नभएपछि सामुदायिक वन महासंघ रुपन्देहीको ध्यानाकर्षण

सामुदायिक वनमा ऐनअनुसार महिला सहभागिता नभएपछि सामुदायिक वन महासंघ रुपन्देहीको ध्यानाकर्षण


  • लुम्बिनी रिभ्यू

बुटवल, वन ऐन र नियमाबली अनुसार सामुदायिक वनमा लैंगिक सहभागिता नगराइएको भन्दै सामुदायिक वन महासंघ रुपन्देहीले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।
डिभिजन वन कार्यालय रुपन्देहीलाई ज्ञापन पत्र बुझाउदै सामुदायिक वन महासंघको कार्यसमिति गठन गर्दा पदाधिकारी र सदस्य दुवैमा ऐन र नियमावली अनुसार लैंगिक समानता कायम गर्न माग समेत गरिएको छ । पदाधिकारीसहित कार्यसमितिमा कम्तीमा ५० प्रतिशत महिला सहभागिता नभएका सामुदायिक वन समूहका कार्यसमितिलाई मान्यता नदिन पनि माग गरिएको छ ।

सामुदायिक वन महासंघका रुपन्देही अध्यक्ष श्यामकला आचार्यले सामुदायिक वनमा देखिएको लैंगिक असमानता हटाउन लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय, सामुदायिक वन उपभोक्ता महासंघलाई समेत ध्यानाकर्षण पत्र बोधार्थ पठाइएको बताउनुभयो । उहाँले प्रमुख पद अध्यक्ष र सचिव दुवैमा पुरुषले दाबी गर्ने परिपाटीले ऐनमा भएको अधिकार पनि सामुदायिक वनकर्मी महिलाले लिन नआएको बताउनुभयो ।यस्तै उपाध्यक्ष र कोषाध्यक्षमध्ये एक महिला राख्ने व्यवस्थालाई पनि कार्यान्वयन नगरेको उहाको भनाइ छ ।

वन नियमावली २०७९ को नियम ४२ को उपनियम (८) मा सामुदायिक वन समूहको कार्य संचालनका लागि २१ सदस्यीय समिति रहनेृ भनिएको छ । कार्यसमितिको अध्यक्ष, सचिवमध्ये एक, उपाध्यक्ष र कोषाध्यक्षमध्ये एक महिलासहित कार्यसमितिमा कम्तीमा ५० प्रतिशत महिला प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend