बुटवल, लुम्बिनी प्रदेश सभा सदस्य निमा गीरीले रिपोर्ट कार्डमार्फत आफूले गरेका क्रियाकलाप सार्वजनिक गरेकी छन् ।
्निमाले हालै एक वर्षको रिपोर्ट कार्ड सार्वजनिक गरेकी छन् । त्यसमा प्रदेश सभामा आफ्नो उपस्थिति, भूमिकादेखि लिएर प्रदेश मार्फत भएका गतिविधि सार्वजनिक गरेकी छन् । २०८० पुस १७ गतेदेखि २०८१ पुस २९ गतेसम्म प्रदेश सभामा आफ्ना क्रियाकलाप र गतिजिधि रिपोर्ट कार्डमा समेटिएको छ । आफूले गरेका कामबारे नागरिकलाई थाह दिन र सुशाशनको थिति बसाल्न यसो गरेको निमाले बताइन् ।
रिपोर्ट कार्ड अनुसार एक वर्षमा ४० पटक प्रदेश सभा बैठक बसेको छ । त्यसमध्ये उनी २९ बैठकमा निमा उपस्थित छिन् । ११ वटा बैठकमा भने उनी अनुपस्थित छिन् । आमाको मृत्यु संस्कारमा बस्नु परेको र सडक सुरक्षाबारे भारतमा आयोजित कार्यक्रममा गएकाले बैठकमा अनुपस्थित भएको उनको भनाइ छ ।

निमाले यस समयमा प्रदेश सभामा दह्रो भूमिका निभाएकी छन् । निमाले सडक दुर्घटना न्यूनिकरणका लागि पहिलो संकल्प प्रस्ताव पेश गरेकी थिइन् । प्युठानको झिमरुकमा एसइई पढ्ने विद्यार्थीलाई अतिरिक्त पढाइकालागि अनलाइन कक्षा चलाउन सघाएको र अन्यत्र समेत विस्तार हुदै गएको उनको भनाइ छ । यस्तै समानुपातिक बजेट विनियोजनका लागि योजना बैंकको स्थापना र जनताको स्वास्थयमा संवेदनशील हुन पटक पटक प्रदेशसभा मार्फत आवाज उठाउदा त्यस अनुरुपका काम भइरहेको निमाले रिपोर्ट कार्डमा उल्लेख गरेकी छिन् ।
लुम्बिनी प्रदेश सभामा गीरी मात्रै आफ्ना क्रियाकलापलाई रिपोर्टकार्ड मार्फत नागरिक माझ ल्याउने सदस्य हुन् ।

लुम्बिनी रिभ्यू