• Saturday 25th July 2026

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समितिमा रुपन्देहीका ५ जना निर्वाचित

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समितिमा रुपन्देहीका ५ जना निर्वाचित


  • लुम्बिनी रिभ्यू

रुपन्देही, बुटवल । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समितिमा रुपन्देहीका ५ जना निर्वाचित भएका छन् । नेपाल निजामती कर्मचारी संगठनको काठमाडौँमा सम्पन्न बाह्रौँ महाधिवेशनमा रुपन्देही जिल्लाबाट लुम्विनी प्रदेशको सह–इन्चार्जमा नारायण प्रसाद भण्डारी, नीति अनुसन्धान आयोगको सचिवमा काशीराम आचार्य, केन्द्रीय सदस्यमा प्रेमप्रसाद खनाल, रमेश प्रसाद पाण्डे र नीति अनुसन्धान आयोगको सदस्यमा खगराज उपाध्याय निर्वाचित भएका हुन । शनिवार सर्वसम्मत नेतृत्व चयन गरी सम्पन्न भएको महाधिवेशनले भवानी दाहाललाई पहिलो महिला अध्यक्षका रूपमा निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभास प्रसाद शाह निर्वाचित भएका छन् ।

उपाध्यक्षमा युवाचन्द्र घिमिरे, विष्णु अर्याल, कृष्णबहादुर केसी, विजया लक्ष्मी सुवेदी निर्वाचित भए भने महासचिवमा रामचन्द्र अधिकारी निर्वाचित भएका छन् । उपमहासचिवमा वामदेव ओली, सूर्यबहादुर कुँवर, कमला दाहाल, सचिवमा देवी पराजुली, राजबहादुर पछाई, टीपी भण्डारी, ओम कढायत, गोविन्द अधिकारी निर्वाचित भए । यस्तै कार्यालय सचिवमा पदमबहादुर शाही निर्वाचित भए । प्रदेश इन्चार्जमा धुव्र बहादुर कार्की (कोशी), नौंतम पोख्रेल (मधेस), विष्णु अर्याल (बागमती), भरत भुसाल (गण्डकी), कविसिंह कठायत (लुम्बिनी), तुलाराम गिरी (कर्णाली), प्रकाशबहादुर खड्का (सुदूरपश्चिम) र गणेशप्रसाद आचार्य (उपत्यका विशेष प्रदेश) निर्वाचित भएका छन् ।

महाधिवेशनबाट लेखा परीक्षण आयोगको संयोजकमा गोकर्ण कोइराला र सचिवमा राजेन्द्र कार्की, अनुशासन आयोग संयोजकमा अम्बिका धमला, सचिवमा शंकर भट्टराई, नीति अनुसन्धान आयोग संयोजकमा कमलबहादुर खत्री, सचिवमा काशीराम आचार्य, विज्ञान प्रविधि आयोग संयोजकमा विष्णुकुमारी अधिकारी, सचिवमा कवि तिम्सिना निर्वाचित भएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend