• Saturday 25th July 2026

प्रतिनिधिसभाबाट ५ वटै अध्यादेश स्वीकृत

प्रतिनिधिसभाबाट ५ वटै अध्यादेश स्वीकृत


  • लुम्बिनी रिभ्यू

काठमाडौं । सरकारले जारी पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। बुधबारको प्रतिनिधिसभाको बैठकले पाँच अध्यादेश स्वीकृत गरेको हो।

बैठकमा सरकारले ल्याएका अध्यादेशलाई निर्णयार्थ पेस गरेकोमा बहुमतले स्वीकृत भएका सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको हो ।

जसमा सुशासन प्रबद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकोमा उक्त प्रस्ताव बहुमतले स्विकृत भएको छ।

उक्त प्रस्ताव अस्विकार गरियोस भन्ने सूचना नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशी सहित ७ जना सांसदले पेश गरेका थिए ।

सूचना पेश गर्ने अरु सांसदमा नेकपा (माओवादी केन्द्र)का सांसद माओवादी सांसद हितराज पाण्डे, रेखा शर्मा र दुर्गा राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाल र सुमना श्रेष्ठ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाल रहेका छन् । उक्त अध्यादेश अस्विकार गरियोस भन्ने सांसदको प्रस्ताव बहुमतले अस्विकृत भएको छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend