• Saturday 25th July 2026

एकल भएकै कारण अवसरबाट वन्चीत हुनु पर्दैन ः उपप्रमुख सावित्रा अर्याल

एकल भएकै कारण अवसरबाट वन्चीत हुनु पर्दैन ः उपप्रमुख सावित्रा अर्याल

परिवर्तनका लागि एकल महिला समूहद्धारा एकल महिलाका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न


  • लुम्बिनी रिभ्यू

बुटवल – बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले एकल भएकै कारण अवसरबाट वन्चीत हुनु नपर्ने बताउनुभएको छ । एकल महिलाहरुलाई सवल बनाउन सीप विकास, क्षमता विकास र उद्यमका लागि बिउ पूँजीको लागि समेत काम गर्ने उहाले बताउनुभयो ।
परिवर्तनका लागि महिला समुह बुटवल नेपालले बुटवलमा आयोजना गरेकोे नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम लागि क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम समापनमा बोल्दै उहाले उमेर, शिक्षा र आवश्यकता अनुसार सीप सिक्न एकल महिलाहरुलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा बोल्दै जनप्रतिनिधि माया दर्नाल, पवित्रा श्रेष्ठ लगायतले एकल भएकै कारण घरभित्र वेदनामा पिल्सिएका महिला अब बाहिर निस्केर खुसी र आत्मनिर्भर हुन आग्रह गर्नुभयो ।
परिवर्तनका लागि एकल महिला समूहका अध्यक्ष रिता सेनले विभिन्न कारणले श्रीमान्को साथ छुटेपनि जीवनमा हिम्मत नहार्न एकल महिलाहरुलाई सुझाब दिनुभयो । उहाले द्दरभित्र सिमित महिलालाई बाहिर ल्याउन र बाहिर निस्केका महिलालाई सीप र क्षमता सिकाउन व्यक्तिगत रुपमा आफू र आफ्नो संस्था पनि लागिपर्ने उहाले बताउनुभयो ।


परिवर्तनका लागि एकल महिला समूहले बुटवल उपमहानगर पालिकाको सहकार्यमा बुटवलमा चैत ६ गतेदेखि १० गतेसम्म ५ दिन नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम आयोजना गरेको थियो । तालिममा बुटवल उपमहानगरपालिका भित्रका १९ वटै वडाको प्रतिनिधित्व हुनेगरी ७० जना एकल महिला सहभागी थिए ।
तालिम बुटवल उपमहानगरपालिका उप प्रमुख साबित्रादेवी अर्यालको प्रमुख आतिथ्यमा र संस्थाका अध्यक्ष रीता सेनको भएको थियो । तालिममा बुटवल उपमहानगरका आर्थिक तथा सामाजिक समन्वय महाशाखा तुलसा अर्याल, उपनिर्देशक दामोदर ज्ञवाली, बुटवल हस्पिटल प्रालिका महिला रोग विशेषज्ञ डा. विन्दु खरेल, संचारीका समूह लुम्बिनी अध्यक्ष अमृता अनमोल र नागरिक समाज रुपन्देहीका सचीव तुल्सा शर्माले सहजीकरण गर्नुभएको थियो । तालिममा महिला जनप्रतिनिधि, एवं कार्यपालिका सदस्य निलम गौतम, न्यायपालिका सदस्य इन्दिरा ज्ञवाली, महला सदस्य पवित्रा श्रेष्ठ, माया दर्नाल, माया परियार लगायतले सहभागीहरुलाई शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाको संचालन सचिव सावित्रा घिमिरेले गर्नुभएको थियो भने कार्यक्रममा धन्यवाद ज्ञापन कला केसीले गर्नुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend