बुटवल– तेजस्वी वचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले रक्तदानसहितका विभिन्न रचनात्मक कार्यक्रम गर्ने भएको छ ।
बुटवल ९ मा रहेको वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औं वार्षिकोत्सवको अवसर पारेर २० चैतमा रक्तदान गर्ने छ । रक्तदानबाट कम्तीमा ५० युनिट रगत संकलन गर्ने सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गा पौडेलले बताउनुभयो । यस्तै २१ चैतमा सहकारीका सदस्यहरुको लागि स्वास्थ्य शिविर गर्ने छ ।
सोही दिन नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम समेत हुने अध्यक्ष पौडेलले बताउनुभयो । सहकारीमा ६ सय ९३ सदस्य छन् ।

लुम्बिनी रिभ्यू