• Saturday 25th July 2026

काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्रलाई पनि काट्याे जरिवानाकाे पत्र

काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्रलाई पनि काट्याे जरिवानाकाे पत्र


  • लुम्बिनी रिभ्यू

काठमाडौ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिबाना तोकेको छ ।

काठमाडौँ–३२ तीनकुनेमा शुक्रबार पूर्व राजाको पक्षमा भएको प्रदर्शनका क्रममा सार्वजनिक स्थानमा फोहोर मैला गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरी क्षति गरेको, भौतिक संरचना भत्काएको, निजी सम्पत्तिमा हानी गरेको सहितका शीर्षकमा महानगरले पूर्वराजा शाहको नाममा शनिबार जरिबाना पत्र काटिएको हो ।

महानगरद्वारा शनिबार जारी जरिबानासम्बन्धी विभिन्न पत्रमा सो जरिवाना रकम तोकेको हो । हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर महानगरले छुट्टाछुट्टै जरिबाना तिराउने निर्णय गरेको गाेरखापत्रअनलाईनले लेखेकाे छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend