बुटवल– व्यक्तिको संस्थागत क्षमता विकास गर्नु किन आवश्यक छ ? यसको सहज जवाफ हुन्छ, संघसस्थामा आवद्ध हुन र अधिकारका लागि एकिकृत आवाज उठाउन । सामाजिक अपांगता भएका महिलाहरुलाई संघ संस्थामा आवद्ध गरि सशतm बनाउन काम थालिएको छ ।
अपांगता महिला संघ रुपन्देहीले अपांगता भएका महिलाहरुलाई संघसस्थामा आवद्ध गराएर अनुभव र सिकाइ आदान प्रदान गराउने र अधिकार प्राप्तिमा सहयोग गर्न भन्दै काम थालेको हो । संघका अध्यक्ष कल्पना ढकालले अपागताका कारण समस्या भोगी रहेका पिडा बोध भएका र अधिकारबाट बञ्चित भएका महिलाहरुलाई एकिकरण गरी संस्थामा आवद्ध गर्न काम थालेको बताउनुभयो ।

यसै क्रममा बुटवलमा आपागता भएका महिलाहरुको लागि संस्थागत सशक्तिकरण सम्बन्धी कार्यक्रम गरेको छ । जसमा नेतृत्व विकास, समुह गठन, संगठन निर्माण, समुह परिचालन संस्थगत सशक्तिकरण, लेखा व्यवस्थापन लगायतका बारेमा सिकाइएको थियो । सहजीकरणमा परिवारभित्र मात्र खुम्चिएका अपांगता भएका महिलालाई संघसस्थामा आवद्ध गराएर अपांगता आफूमा मात्र होइन अरुमा पनि छ र अपांगतालाई जितेर पनि सहज रुपमा जिउन सिकाइएको थियो ।
अपांगता महिला संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । चैत १५ गते शुक्रबार देखि सुरु भएको कार्यक्रम ३ दिनसम्म सञ्चालन भएको थियो । कार्यक्रममा बुटवल सहित आसपासका करिब ३ दर्जन महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा सामाजिक अभियन्ता भुवन भुसाल,अमृता अनमोल,कल्पना ढकाल लगायतले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको समापन सत्रमा बोल्दै आईतवार अपांगता महिला संघ रुपन्देहीका अध्यक्ष ढकालले अपांगता र महिला भएकै कारण अपांगता भएका महिलाहरु दोहोरो मारमा परेको बताउनुभयो । उहाले यस्तो समस्या कम निरन्तर अभियान चलाउने बताउनुभयो ।

लुम्बिनी रिभ्यू