• Saturday 25th July 2026

पूर्व मन्त्री एवं संघीय सांसद दीपक बोहराको निधन

पूर्व मन्त्री एवं संघीय सांसद दीपक बोहराको निधन

बोहरा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।


  • लुम्बिनी रिभ्यू

रुपन्देही, पूर्व मन्त्री एवं संघीय सांसद दीपक बोहराको निधन भएको छ । राप्रपा सांसद एवं पूर्वमन्त्रीसमेत रहेका बोहराको उपचारका क्रममा मंगलबार बिहान ओम अस्पताल निधन भएको हो । उनले रुपन्देही निर्वाचन क्षेत्र ३ बाट संघीय चुनाब जितेका थिए । बोहरा ७४ वर्षका थिए ।

पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले उहाँको निधनबाट राप्रपाले समन्वयकारी छवि भएको आफ्नो संस्थापक नेता, रुपन्देहीले विकासप्रेमी लोकप्रिय जनप्रतिनिधि र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको बताए ।

२०७७ साल जेठमा कोरोना भाइरसबाट संक्रमित भएपछि बोहराको स्वास्थ्यमा समस्या देखिएको थियो । संक्रमणको केही समयपछि उनलाई पोस्ट(कोभिड लक्षणहरू लेखिएको थियो । स्वरमा परिवर्तन र समस्या देखिएकाले उनी चुनावी प्रचार(प्रसारकै क्रममा समेत बोल्न नसक्ने अवस्थामा थिए । थप उपचारका लागि दिल्ली र न्युयोर्क पुगेका बोहरा स्पिच थेरापी लिँदै आएका थिए । पछिल्लो समय भने उनी घरमै स्वास्थ्य लाभ लिँदै आएका थिए ।

बोहरा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । उनले कांग्रेस नेता बालकृष्ण खाँणलाई हराएका थिए । बोहरालाई एमाले र जसपाको समेत समर्थन थियो ।

बोहोरा नेपालको राजनीतिमा झन्डै ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका थिए । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए । उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी २०३८ सालमा पर्यटन राज्यमन्त्री र पर्यटन सहायकमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री बनेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend