• Saturday 25th July 2026

भैरहवाका एक हार्डवेयर व्यवसायीमाथि एक करोड राजस्व छलीको मुद्दा दायर

भैरहवाका एक हार्डवेयर व्यवसायीमाथि एक करोड राजस्व छलीको मुद्दा दायर


  • लुम्बिनी रिभ्यू

बुटवल, २ वैशाख ।

राजस्व अनुसन्धान विभागले भैरहवाका एक हार्डवेयर व्यवसायीमाथि एक करोड राजस्व छलीको मुद्दा दायर गरेको छ ।

विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत सुन्दर हार्डवेयर एण्ड प्लाइउडका प्रोप्राइटर जोगेन्द्र अग्रहरिले सञ्चालन गरेको पसल तथा गोदामको कारोबारको अनुसन्धान सकेर उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको हो ।

अग्रहरिविरुद्ध राजस्व चुहावटमा बिगो र जरिवाना गरी एक करोड ८ लाख ८२ हजार ९ रुपियाँ माग दावी सहित मुद्दा दायर गरिएको हो ।

अग्रहरिले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ लुम्बिनी गेट नजिकै सुन्दर हार्डवेयर एण्ड प्लाइउड सञ्चालन गर्दै आएका छन् । राजस्व अनुसन्धान कार्यालयले उक्त कारोबार स्थलमा खानतलासी गरी अनुसन्धान गर्दा उक्त पसल तथा गोदामको कारोबारबाट राजस्व चुहावट गरेको ठहर गरेको छ ।

अग्रहरिले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन २०५२ को दफा ४ ९छ० र ९झ० बमोजिमको राजस्व चुहावटको कसुर गरेको ठहर गर्दै कार्यालयले निजउपर राजस्व चुहावट ऐन २०५२ को दफा २ ९छ० बमोजिम ५४ लाख ४१ हजार ४ रुपियाँ बिगो कायम गरेको छ ।

कार्यालयले सो रकम बराबरको बिगो कायम गरी उक्त ऐनको दफा २३ ९१० बमोजिम बिगो असुल उपर गरी बिगोको शत प्रतिशत जरिवाना समेत मागदावी गरेको छ ।

व्यवसायी अग्रहरिमाथिको अनुसन्धान सकेर अदालतमा मुद्दा दाय िगरिएको राजस्व अनुसन्धान विभागका प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend