बुटवल, बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ ।
बिहान करिब साढे ९ बजे बुटवल उपमहानगर ११ बुद्धनगरमा २९ वर्षिय टिका बिष्टमाथि गोली प्रहार भएको हो । कम्मरमाथि लागेको गोलीबाट विष्टको अवस्था गम्भीर बनेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।
पाल्पा रैनादेवी छहरा घर भएकी विष्ट हाल बुटवल ११ बुद्ध नगर बसेकी थिइन् ।
गोली किन र कसले हानेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लुम्बिनी रिभ्यू