• Saturday 25th July 2026

बुटवलमा ठूला र प्रतिष्ठित मानिएकै फार्मेसीहरु विना दर्ता संचालन, प्रशाशनद्धारा बन्द

बुटवलमा ठूला र प्रतिष्ठित मानिएकै फार्मेसीहरु विना दर्ता संचालन, प्रशाशनद्धारा बन्द

बुटवलका ११ वटा फार्मेसी अनुगमन गर्दा ६ वटा क्लिनिकहरु दर्ता विना नै सञ्चालन गरेको भेटिएको हो । अनुगमन टोलीले विना दर्ताका फार्मेसी बन्द गराएको छ ।


  • लुम्बिनी रिभ्यू

बुटवल, बुटवलमा ठूला र प्रतिष्ठित मानिएकै फार्मेसीहरु विना दर्ता संचालन भएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बिहीबार बुटवलका विभिन्न ११ वटा फार्मेसी अर्थात मेडिकल क्लिनिकहरुमा अनुगमन गर्दा ६ वटा क्लिनिकहरु दर्ता विना नै सञ्चालन गरेको भेटिएको हो । अनुगमन टोलीले विना दर्ताका फार्मेसी बन्द गराएको छ । वर्षौँदेखि अस्पताल लाइनमा सञ्चालित शिला मेडिकल हल, वरदान क्लिनिक, चन्दन फार्मेसीले सञ्चालन गरेको ल्याब, पुनम मेडिकल हल, मंगलमय स्वास्थ्य क्लिनिक र रुचिका हेल्थ क्लीनिकलाई बन्द गरिदिएको हो। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले नागरिकको गुनासो आएपछि क्लिनिकहरु अनुगमन गरिएको बताउनु भयो ।रानाले मानिसको स्वास्थ्यसँग खेलबाड गरी वर्षौँदेखि दर्ता बिनै सञ्चालन गरिएका क्लिनिक र ल्याबहरूलाई बन्द गरिएको जनाउनुभयो। शिला मेडिकल हल र पुनम मेडिकल हलले औषधी बिक्रीको लागि फार्मेसी सञ्चालनको अनुमति लिए पनि चिकित्सक राखेर बिरामीको चेकजाँच गर्ने क्लिनिक समेत सञ्चालन गरेको पाएपछि क्लिनिक बन्द गरिएको रानाले जानकारी दिनु भयो । बन्द गरिएका क्लिनिकहरूलाई दर्ता प्रमाणपत्र प्राप्त गरेपछि मात्र पुनः सञ्चालनको अनुमति दिने प्रशाशनले जनाएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ५ सय मेडिकल क्लिनिकहरू छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend