• Saturday 25th July 2026

विकासमा सहकार्य र संयुक्त अभ्यास

विकासमा सहकार्य र संयुक्त अभ्यास


  • लुम्बिनी रिभ्यू

बुटवल उपमहानगरले छिमेकी स्थानीय तह बीच विकासमा साझा खाका, धारणा र योजना अगाडि बढाउन  सहकार्य थालेको छ ।
अमृता अनमोल
बुटवल । बुटवल उप महानगर पालिकाको सिमाना तिलोत्तमा, सैनामैना र देवदह नगरपालिका एवं शुद्धोधन गाउँपालिकासँग जोडिएको छ । यी स्थानीय तह बीच एक आपसमा आर्थिक, भौगोलिक र सामाजिक रुपमा जोडिएका छन् । तर, जब विकास योजना बनाइन्छ पाइला यौटै दिशामा हिंडेको पाइदैन । जस्तो कि, जब एक स्थानीय तहले सडक बनाउछ छिमेकी स्थानिय तहमा गएर सकिन्छ । एक स्थानीय तहले नाली बनाउदा त्यसको पानीले छिमेकी स्थानीय तहमा बाढी ल्याउछ । यस्ता खालका विकास योजना एक अर्का पालिकामा विरोधाभाष मात्र होइन नागरिकका लागि समेत बोझ बन्छन् । त्यस्तो हुन नदिन बुटवल उप महानगरपालिकाले सिमाना जोडिएका पालिकाहरुसँग सहकार्य र संयुक्त अभ्यास थालेको छ । बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले एक अर्का स्थानीयतह बीच संविधानको मर्म अनुसार समन्वय, सहकार्य र साझेदारीमा काम गर्न थालनी गरेको बताउनुहुन्छ । प्रमुख पाण्डेय भन्नुहुन्छ, ‘बुटवलको विकास अरुका लागि पनि अनुकरणिय हुनसक्छ । बुटवलले अरु .स्थानीयतहको विकासमा पनि सहयोग र सहकार्य गर्न सक्छ । त्यस्ता के के विकासमा सहकार्य र सहयोग आदानप्रदान हुन सक्छ भनेर बहस थालिएको हो ।’
अन्तरपालिका समन्वयको सुरुवातमा गत जेठमा बुटवल उपमहानगरले कुन कुन विषयमा समन्वय र सहकार्य गर्न सकिन्छ भन्नेबारे स्पष्ट हुन विज्ञहरु सहित रुपन्देहीका स्थानीयतह र पाल्पाको तिनाउ गाउँपालिका बीच अन्तरक्रियात्मक गोष्ठी आयोजना गरेको थियो । स्थानीय तहहरुले अन्तरपालिका विपद व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, दमकल तथा एम्बुलेन्स सेवा, वस्ती विकास , भूउपयोग, पर्यटन प्रविधि, स्थानीय बजार व्यवस्थापन वातावरण संरक्षण , अन्तर स्थानीय तह भगिनी सम्बन्ध, असलअभ्यास र अनुभवको आदानप्रदान लगायत कार्यक्रममा सहकार्य गर्न सक्ने निश्कर्ष निकालेका छन् । संघीयता विज्ञ काशीराजदाहालले स्थानीयतहहरु एक्लैले एक्लो विकास गर्नुभन्दा समन्य र सहकार्यमा विकास गर्दा त्यसको प्रभावकारीता हुने बताउछन् । विज्ञ दाहालका अनुसार संविधानले नै साझा सुचीका विषय बनाएका विषयमा ३ तहका सरकारले समन्वय र सहकार्य गर्न सक्छन् । यसबाहेक भौतिक विकासमा दीर्घकालिन असर पर्ने, तत्काल संवोधन गर्न सक्ने विषयमा पनि सहकार्य गर्न सक्छन् । स्थानीय शाशन विज्ञ दाहाल भन्नुहुन्छ, ‘नागरिकलाई म कुन पालिकाको नागरिक हुँ भन्ने भन्दा मेरो क्षेत्रमा विकास भएको छ वा छैन भनेर अर्थ राख्छ । यसैले आसपासका स्थानीय तहबीच समन्वयमा साझा विकासका खाका बनाउने हो भने विकासको प्रभावकारिता देखाउन सकिन्छ ।’

छिमेकी स्थानीय तह बीच स्रोत साधनको बाँडफाँड र विकास योजनामा विवाद भएको धेरै देखेका छौं । बुटवल उपमहानगरले भने विकासमा साझा खाका, धारणा र योजना अगाडि बढाउन छिमेकी स्थानीय तह बीच सहकार्य थालेको छ । त्यसकालागि बुटवल उपमहानगरपालिकाले पहिलो चरणको अन्तरक्रिया समेत गरेको छ । यत्ति मात्र होइन रुपन्देहीका ५ र पाल्पाको एक सहित ६ वटा स्थानीयतहबीच सामुहिक विकासमा सहमती समेत गरेका छन् । अन्तरक्रियापछि विकास र सिमा क्षेत्रका विवाद समाधान एवं सहकार्यमा १० बुँदे सहमतीपत्रमा हस्ताक्षर भएको छ । त्यसमा संविधानमा रहेका साझा अधिकार सुचीका विषयमा संघ र प्रदेशले बनाउनु पर्ने कानुन छिटो बनाउन आग्रहगर्ने प्रमुख बुँदा छ ।
हावा, पानी जस्तै विकासका लागि बनाइएका ढल, फोहोर, सडक बहावमा चल्छन् । छेक्न सकिदैन । भूगोल र छिमेक पनि परिवर्तन गर्न सकिदैन । तर, छिमेकी स्थानीयतहबीच समन्वय र सहकार्य गरेर विकास योजना अगाडि बढाउने हो भने दीगो र नागरिकमैत्री विकास गर्न सकिन्छ । स्थानीयतहका प्रमुखहरु विकासको मोडलबारे सिकाइ आदान प्रदानका लागि पनि स्थानीय तहबीच छलफल र सहकार्य आवश्यक पर्ने बताए । तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँड स्थानीयतहका प्रतिनिधिले आफ्नो क्षेत्रको मात्रै विकास खोजे पनि नागरिकको सम्बन्ध एकअर्का पालिकासँग पनि हुने भएकाले विकासमा समन्वय र सहकार्य हुने बताउछन् ।
स्थानीयतहले छिमेकी पालिकाबीच स्रोतको उपयोग र बाँडफाड, कानुन निर्माण र वित्तिय क्षेत्रमा सहकार्य गर्न सक्छन् । बुटवलमा पानी ल्याउदा पाल्पाको तिनाउ गाउँपालिकालाई रकम दिएर बुटवलले यो अभ्यास थालेको छ । यस्तो अभ्यास अरु स्थानिय तहले पनि गर्न सक्छन् । पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउले पानीको स्रोत दिएको छ भने बुटवलले स्रोत बचाउने नागरिकका लागि रकम दिएर सहकार्य गरेको बताउनुहुन्छ । ‘ बुटवललाई पानी चाहिएको छ । हामीलाई विकास आवश्यक छ । हामी दुई स्थानीय तहमा स्रोत उपयोग र बाँडफाड गरेपछि दुवैलाई फाइदा भएको छ ।’ यस्तो अभ्यास अन्य स्थानिय तहले पनि गर्न आवश्यक रहेको पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठको भनाइ छ ।
विकास पूर्वाधार निर्माणले मात्र होइन सामाजिक सम्बन्धले दिगो बन्छ । बुटवल उपमहानगर मात्र होइन पश्चिम साझा क्षेत्र हो ।त्यसैले पनि बुटवलले छिमेकी स्थानीय तहलाई जोडेर विकासको खाका बनाउन पहल थालेको हो । यसलाई पूर्णता दिन अन्तरपालिका समन्वयका नीति, कार्यक्रम, ऐन र योजना तर्जुमा पनि आवश्यक छ ।
बुटवल र छिमेकीपालिकाबीचका १० बुँदे सहमति
रुपन्देही र पाल्पाका ६ स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् । १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेकाहुन् । बुटवल उप महानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, शुद्धोदन गाउँपालिका र तिनाउ गाउँपालिका (पाल्पा)ले संविधानमा रहेका अधिकारका साझा सूचीका विषयमा संघ र प्रदेशबाट बन्नुपर्ने कानूनहरु यथाशीघ्र निर्माण गर्न सम्बन्धित निकाय र तहमा माग गर्ने निर्णय गरेका छन् । यस्तै, पालिकातहका सरकारी तथा सार्वजनिक संरचना तथा भौतिक पूर्वाधार विकास निर्माणका लागि छिटो छरितो तवरबाट जग्गा उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गर्ने निर्णय भएको छ । पालिकाका सीमा क्षेत्रका नदी वा खोलानालाहरुको संरक्षण, नदीजन्य पदार्थको उत्खनन् तथा उपयोगका सम्बन्धमा नदीको वहावलाई सम्बन्धित पालिकाका विज्ञ प्रतिनिधि सम्मिलित संयुक्त समितिको प्रतिवेदनका आधारमा प्राविधिक विधिबाट व्यवस्थापन गरी प्राकृतिक स्रोतको उपयोग गर्न यी पालिकाबीच सहमति भएको छ ।पालिकाहरुका बीचमा सीमा विवाद, पूर्वाधार विकास तथा प्रशासनिक अन्योलहरु समाधानका लागि संयुक्त संयन्त्र निर्माण गरी निरुपण गर्ने सहमति पनि ६ वटा पालिकाले गरेका छन् । यस्तै गरी, सीमा क्षेत्रका सडक तथा अन्य पूर्वाधार विकासमा आवश्यकता अनुसार संयुक्त लगानी वा साझेदारी गर्नकालागि आवश्यककार्य गर्ने, स्थानीयतहले निर्माण गर्नुपर्ने कानूनहरु निर्माणका लागि यथाशीघ्र निर्माण गर्नकालागि आपसी समन्वय र सहकार्य गर्ने सहमति पालिकाका बीचमा भएको छ ।
यी ६ पालिकाले पूर्वाधार विकास, विपद् व्यवस्थापन, दमकल तथा एम्बुलेन्स सञ्चालन, फोहोर मैला विर्सजन स्थल वा प्रशोधन, तीनपांग्रे सवारी सञ्चालन, पर्यटन प्रवद्र्धन, अन्तरपालिका भगिनी सम्बन्ध कायम राख्ने र असल अभ्यासहरुको आदानप्रदान गर्ने सहमति पनि गरेका छन् । यस्तै कृषि उपज तथा अन्य उत्पादनको संकलन, भण्डारण र बिक्रीवितरणका लागि आपसी साझेदारी गर्ने र अन्य समस्या वा अन्योलहरुको समाधान गर्न एकमत हुने निर्णय भएको छ । ६ वटा पालिका बीच भएको सहमतिलाई सबै पालिकाहरुले आगामी नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरी आवश्यक नीतिगत निर्णय भएको बुटवलका उपप्रमुख सावित्रादेवी अर्याल बताउनुहुन्छ । ‘बुटवल छिकेमी पालिकामा पनि आफ्नो विकासका मोडेल देखाउन चाहान्छ । सक्नेसित हातेमालो गर्छ भने नसक्नेलाई आर्थिक र प्राविधिक सहयोग पनि गर्न चाहेको छ । ’
के हुन्छ सहकार्यले ?
स्थानीयतह सरकारको सबैभन्दा नजिकको सरकार हो । जो, नागरिकसँगनजिकको सम्बन्ध राख्छ । स्थानीयतहले चाहेमानागरिककाआवश्यकता पूरा गर्न ंर जिविका फेर्न पनिकामगर्न सक्छ । विकास केवलपूर्वाधारको कुरा होइन सोचको अन्तर हो । एक स्थानीयतहले मात्रै विकास योजनाबनाउदातीविकास योजनाहरु अधुरा,विरोधाभासी र कहिलेकाहीजनताकालागिबोझ बन्छन् । त्यस्तो हुननदिनअन्तरपालिका समन्वय जरुरी छ । संविधानले तीनतहका सरकारबीच समन्वयगर्न आग्रह गरेको छ । स्थानीय सरकार संचालन ऐनले पनिअन्तरपालिकाबीच समन्वय गर्न भनेको छ । यसकालागि सबैभन्दा पहिले सहकार्यमाका मगर्न स्थानीय तहले कानुन बनाउनु पर्छ ।विकासमा बुटवलले यस क्षेत्रमा नेतृत्व गर्न सक्छ । सहकार्यको ढोका खोल्न सक्छ । अबको विकास दौडने होइन साझा कदम हो ।यसको थालनी बुटवलले गर्नुपर्छ । स्थानीय तहको विकासबारे जानाकार काशीराज दाहाल भन्नुहुन्छ,‘विकास एक्लै दौडेर हुने कुरा हुँदैन । विकासका लागि आपसी समझदारी र समन्वय चाहिन्छ । एक अर्का स्थानीय तहबीच मिलेर विकासका खाका बनाउने बुटवलका कार्य राम्रो छ।’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend