बुटवल, लुम्बिनी साँस्कृतिक नगरपालिकाको नगर प्रमुख सजरुद्दिन मुसलमानको मृत्यु भएको छ ।
उहाको ह्रदयघातका कारण शनिबार बिहान मृत्यु भएको हो ।
नगरपालिकाका सुचना अधिकारी रामचन्द्र अर्यालका अनुसार बिहान मुसलमानको छातीमा समस्या देखिएपछि परिवारले उपचारका लागि चिकित्सकसहित भैरहवास्थित अस्पताल लैजाने क्रममा भैरहवा–लुम्बिनी सडक अन्तर्गत महजिदिया नजिक मृत्यु भएको हो । उहालाई शनिबार बिहान मनिड. वाकका क्रममा चक्कर आएको थियो ।
गत निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखमा विजयी हुनु भएको थियो । उहाँ मलेसियाको भ्रमण सकेर शुक्रबार मात्रै फर्कनु भएको थियो ।
उहा ७२ वर्षको हुनुहुन्थ्यो ।

लुम्बिनी रिभ्यू