काठमाडाै । जेनजी पुस्ताकाे प्रदर्शनका क्रममा माेफसलमा पनि तनाव उत्पन्न भएकाे छ ।
प्रदर्शनकारीले रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी गरेकाे प्रहरीले जनाएकाे छ ।
बुटवल र भैहरवामा पनि कर्फ्यू लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिनको ४ बजेदेखि आज राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो।
यसैगरी इटहरीमा गोली लागेर २ प्रदर्शनकारीको मृत्यु भएकाे छ ।

लुम्बिनी रिभ्यू