काठमाडौं, जेनजीहरुले पूर्व प्रधान न्यायधिश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनेबारे छलफल गरेका छन् ।
सुशीला कार्की नेपालको न्यायिक इतिहासमा एक ऐतिहासिक व्यक्तित्व मानिनुहुन्छ । उहा नेपाल सर्वोच्च अदालतको प्रथम महिला प्रधानन्यायाधीश हुनुहुन्छ। उहाँ २०७३ साल वैशाख ११ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त हुनुभयो। यसरी उहाँको नियुक्तिले नेपालको न्यायपालिकामा मात्र नभई सम्पूर्ण समाजमा पनि लैङ्गिक समानताको नयाँ ढोका खोलिदिएको थियो।
सुशीला कार्की केवल नेपालकी पहिलो महिला प्रधान न्यायाधीश मात्र होइनन्, उहाँ साहसी, निष्पक्ष र न्यायप्रिय व्यक्तित्वको प्रतिमूर्ति मानिन्छिन्। छोटो कार्यकाल भए पनि उहाँको न्यायिक योगदान, भ्रष्टाचारविरुद्धको लडाइँ र महिला सशक्तीकरणको प्रेरणाले उहाँलाई सदैव स्मरणीय बनाएको छ।

लुम्बिनी रिभ्यू