• Saturday 25th July 2026

रुपन्देहीमा बिहान ९ बजेदेखि पुनः कर्फ्यु

रुपन्देहीमा बिहान ९ बजेदेखि पुनः कर्फ्यु


  • लुम्बिनी रिभ्यू

बुटवल , २६ भदौ ।
रुपन्देहीमा बिहीबार बिहान ९ बजेदेखि साझ ७ बजेसम्म पुन कफ्यु लाग्ने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अहिले बिहान ७ बजे देखि ९ बजे सम्मलाई कर्फ्यु खुलाएको छ । बुधबार साझ ६ बजेदेखि कर्फ्यु लागेको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले सूचना जारी गरि बिहान ९ बजे सम्मलाई कर्फ्यु खुलाएको जनाउनु भएको  छ।

बिहान ९ बजे पछि साँझ ७ बजे सम्म फेरि कर्फ्यु यथावत् रहने सूचनामा उल्लेख छ । सुरक्षाका लागि भन्दै बुटवल , भैरहवा लगायतका मुख्य बजार क्षेत्रमा ठूलो संख्यामा नेपाली सेना परिचालन भएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend