• Saturday 25th July 2026

बुटवलमा शान्ति र्‍याली

बुटवलमा शान्ति र्‍याली


  • लुम्बिनी रिभ्यू

बुटवल, राष्ट्र, संविधान र लोकतन्त्र रक्षाको लागि भन्दै बुटवलमा शान्ति र्‍याली निकालिएको छ। नेपाल पत्रकार महासंघ रुपन्देहीको अगुवाइमा पेशागत संघसस्थाले रयाली निकालेका हुन् ।
रयालीमा र्‍यालीमा पत्रकार महासंघ रुपन्देहीमा आव द्ध पत्रकार, उच्च अदालत बुटवल बार एसोसिएसन, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, औषधी व्यवसायी संघ लगायत पेशागत संघसस्थाहरूको सहभागिता रहेको थियो।

मुलुकको अवस्था परिवर्तनका लागि जेन जीहरूले सुरु गरेको आन्दोलन सही भएपनि त्यपछिको परिदृश्यले मुलुकको व्यवस्था नै धरापमा पर्न थालेको भन्दै उनीहरुले संविधान र लोकतन्त्रको रक्षाको लागि र्‍याली निकालेका हुन् ।

राजमार्ग चौराहाबाट निकालिएको र्‍याली मिलन चोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर कोणसभा पछि सम्पन्न भएको थियो।

सो अवसरमा बोल्दै सरकोकारवालाहरुले संविधानको रक्षा, लोकतन्त्र र राष्ट्रियताको सवालमा कसैसँग सम्झौता गर्न नहुने बताए। उनीहरुले संविधानलाई नै टेकेर निकास निकाल्न पनि आग्रह गरे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend