बुटवल, सम्भावीत असुरक्षा रोक्न भन्दै रुपन्देही प्रशाशनले निशेधाज्ञा जारी गरेको छ । शनिबार बिहान ६ बजेदेखि राति १० बजेसम्म निशेधाज्ञा जारी गरेको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले विज्ञप्ती जारी गर्दै जिल्लाका विभिन्न स्थानमा हुनसक्ने प्रद्धशन , जुलुस, हुलदंगा झडपलाई मध्यनजर राख्दै निशेधाज्ञा गरिएको जानाकारी दिनुभएको छ । निशेधाज्ञामा ५ जनाभन्दा धेरै भेला हुन, जुलुस निकाल्न, धर्ना वा अनसन बस्न पाइने छैन ।
यसअघि शुक्रबार बुटवल र भैरहवामा शान्ति रयाली निकालिएको थियो । भैरहवामा रहेको शान्ति रयालीमा प्रमुख जिल्ला अधिकारी स्वयम उपस्थित भएर सम्बोधन गर्नु भएको थियो । निशेधाज्ञा जारी रहेपनि रुपन्देहीको जनजीवन विस्तारै सामान्य बनेको छ । सडकमा सवारी गुडेका छन् । बजार पसल खुल्न थालेका छन् ।

लुम्बिनी रिभ्यू