बुटवल, ३१ भदौ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल तामनगरको पुल भासिँएको छ । बुटवल १२ तामनगरमा रहेको पुल भासिदा पूर्व पश्चिम गर्ने मुख्य राजमार्ग नै अवरुद्ध भएको छ ।
पुल भासिएपछि सडकमा रोकिएका सवारीलाई प्रहरीले वैकल्पीक सडकमार्फत आवतजावत गराएको छ । नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सोमबार दिउसोदेखि पुलको दायाबायाबाट माटो खस्न थालेको थियो । पुलका कारण सडकमा रोकिएका सवारीलाई अहिले पुल नजीकैबाट डाइभर्सन गरी सवारी संचालन गरिएको प्रहरीले जनाएको छ ।
यस क्षेत्रमा पछिल्लो समय बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तार आयोजना अन्तरगत यो खण्ड चार लेनमा विस्तार शुरु भएको छ।

लुम्बिनी रिभ्यू