बुटवल, रुपन्देहीको गैडहवामा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना युवाको डुबेर मृत्यु भएको छ।
गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा र्गा मूर्ति विसर्जन गर्ने क्रममा डुबरे मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको हो । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज कार्कीका अनुसार दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो करिब ३ बजे उनीहरू मूर्ति विसर्जन गर्न पुगेका थिए। विसर्जनका क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य सुरु गरेका थिए। खोजीका क्रममा करिब २०० मिटर तल तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

लुम्बिनी रिभ्यू